खुसी रोइन, शान्ती रोइन, भुकम्प हाँस्यो

देबबहादुर श्रेष्ठ, यसपालीको भुँइचालोले नेपालीको खुसी र शान्ती हराएको छ । हरक्षण हरपल नेपालीको मन मष्तिस्कमा भुँइचालो गएको छ । एक महिना वितिसक्दा पनि कम्पनले छोडेको छैन । वुद्ध जन्मेको ठाउँमा शान्तिले ठाउँ पाएको छैन् । अव त संविधान बन्छ, शान्ति छाउँछ नेपालीको मुहारमा खुसी छाउँछ भन्ने त्यो आशा यसपालीको भुकम्पले तुहाएको थियो ।

देबबहादुर श्रेष्ठ
साँच्चै हो २०७२ सालको लगातारको भुकम्पको कारणले खुसी रोइन सबै नेपालीलाई आशा थियो नयाँ सालले संविधान दिन्छ, देशमा गरीबी र बेरोजगारी हट्छ । रुख विरुवाहरुमा नयाँ पालुवा पलाउँछ । देशमा गरिवी र वेरोजगारी हटछ । रमाइलो बातावरणको सृजना हुन्छ । जताततै हरियाली छाउँछ । राजनीतिक दलहरु मिलेर राम्रो वातावरण बनाउँछन् । आम जनताको ठुलो आशा र भरोषा थियो । यी हरफहरु लेखिराख्दा जेठ १५ गते गणतन्त्र दिवस परेको छ । यहि दिन नयाँ संविधान घोषणा गर्ने दिन हुनेछ भनेर खुसी रमाएकी थिईन । हरेक नेपालीको मनमा खुसी छाएकी थिईन । तर त्यस्तो भएन खुसी फेरी रोइन हरेक नेपालको मन रोयो । प्राकृतिक विपत्ती कहाँबाट कतिखेर आउछ कसैलाई पनि पत्तो हुदो रहेनछ । आयो भुकम्प नयाँ वर्षको मुखैमा । नेपालको राजधानी रोयो । धरहरा ढल्यो, कान्तीपुर नगरी रोयो । हजारौ नेपालीको ज्यान लिने गरि नेपालको भुकम्प काप्यो । सिन्धुपाल्चोक, गोरखा, दोलखा लगायतका राजधानीवासीको सातोपुत्लोनै लानेगरी महाभुकम्प आयो । महाविनाशकारी भुकम्पले सारा नेपालीको नयाँ वर्ष सुखलाई अपहरण गर्‍यो । मन मनको भित्र रहेको खुसी रोइन । धेरैको विवाहा व्रतबन्ध रोकियो । कति मनका ईच्छाहरुलाई मनभित्रै रोक्नुपर्‍यो । हनिमुन मनाउन शितल ठाउँ खोज्नेहरुले आफ्नो हुने वालालाई सिन्दुरनै राख्न पाएनन् । ती सबैको मनको खुसी पनि रोयो । मानिसले चाहेर मात्र के हुदो रहेछ चाहानेवाला गराउने वाला त आउँदा नै रहेनछन् । धेरै योजना धेरै कार्यक्रम मनमा बुनेर बसेकाहरु छन् खुसी पनि मनमनै करायो । 

बुद्ध जन्मेको देश भनेर हामी विश्वमा शान्तीको सन्देश बोकेर हिड्ने गरेका छौं । आज तेही देशमा फेरी शान्ती रोइन । शान्तिलाई ल्याउन भगवना बुद्धदेखि राजा विरेन्द्रसम्मले यो देशलाई शान्ति क्षेत्र बनाउनुपर्दछ भनेर विश्वलाई गुहारे तर सबै देशका शासकहरु बुद्धहुँदा रहेनछन् । यो विश्वमा राम मात्र होइन रावण पनि जन्मेका रहेछन् । नेपालको शान्तीलाई रुवाउनु हुँदैन शान्ति जनजनमा चाहिन्छ । आज विश्वमा विज्ञानले जतिसुकै उन्नती प्रगती गरेपनि शान्ती खुसी हुन सकेकी छैनन् । विकास हुन विनास हुनुपर्दछ भन्ने एकाथरि जनतापनि यही विश्वमा छन् । मानिसले मानिसलाई मार्नु पर्दछ सत्ताहस्तान्तरण गर्न भन्ने नेताहरु पनि यहि छन् । क्रान्तिको नाममा ठुलो ठुलो लडाई गर्न आत्माघाती बम ब्लास्ट गरी धन जनको क्षती पुर्‍याउनेहरु पनि यही धर्तीमा जन्मेका छन् । मानव निर्मित गोली बमहरुको भण्डारपनि यहि विश्वका शक्तिशाली देशले जम्मा गरेका छन् । कुनै दिन बुद्धि बिग्रेका शासकहरुबाट यी बमहरु विष्फोट हुन पुग्दछन् त्यो कसैलाई पनि थाहा छैन् । आफ्नो राष्ट सुरक्षा गर्ने नाममा सिमानामा बसेर अरु राष्ट्रका मानवहरुलाई तर्साउने, गोली हानाहान गर्ने तन्नेरीहरु यही विश्वमा छन् । यस्तो भयावहक विश्वको वातावरण देखेपछि शान्ती रोईन । धेरै वेरसम्म रोइन । मानवले मानवलाई अनेक वहानामा मारेकानै थिए । फेरी प्रकृति पनि मानवहरुको यो कृया कलापबाट रिसाएर कहिले भुकम्पको नाममा प्रकट हुन्छिन् ।कहिले वर्ष गराएर पहिरो ल्याउँछिन् । छिनमा चिसो हावा वग्दछ, छिनमा तातो घाम लाग्दछ । आज भोलि यो धर्तिमा अनौठो विडम्बना देखिएको छ । यस्तो वातावरण देखेर हरेक मानवको मनमा रहेको शान्ति रोइन । वुद्यको पञ्चशिल अष्ट मार्गलाई मनन गर्ने मानव पनि धरतिमा पातलो हुदै गयो । 

जताततै कोलाहाल जताततै रुवाबासी देखेर भुकम्प हास्यो । विश्वमा जुन किसीमको बाताबरण छ त्यसमा पनि नेपालको गतिविधि देखेर भुकम्प हास्यो । खुसी र शान्तीलाई रुवाउन म जन्केको हु भनेर पटक पटक भुकम्प हास्यो । मानवले मानव भएर गर्नु पर्ने काम नर्गेने नगर्ने भनेको गर्ने त्यसैले म आउछु भनेर सबैलाई थाहा दिएको नै हो । १९९० सालमा मैले नेपालमा ठुलो भुइचालो गएकै हो । फेरी आउछु भनेर भन्दा भन्दै नेपालीहरुले कहिलै मेरो कुरा सुनेनन् । सबै नेपाली पैसा कमाउने धुनमा लागे ठुला ठुला महल बनाउने काममा जुटे । मैले थाम्न नसक्ने ठुला ठुला सरकारी गैरसरकारी भवन बनाउने काममा जुटे । कसरी हुन्छ शात्तिमा पुग्ने होड वाजीमा नेपाली नेताहरु लागे । दश वर्ष सम्म जन युद्धको नाममा नेपालीले नेपालीलाई नै मारे । शान्ति सम्झौताको नाममा फेरी सम्झौता गरे । मरेको संसदलाई व्युझाए सत्तामा पुगे हामी जनताको मान्छे हौ भन्ने नेताहरुले आफ्नो नैतिक धरातल विर्से । युवा स्वरोजगारको ठुलो ठुलो नारा दिए । दिनको एक हजार १५ सय नेपाली युवा रोजगार नपाएर विदेश पलाएन भए । वेला वेलामा सानो ठुलो भुकम्प नेपालमा आएको नै हो । २०४५ सालमा पुर्वी नेपालमा त्यत्रो धनजनको क्षति भएको विर्से । भुकम्प फेरी हास्यो । अवपनि नेपाली नेताहरु सुतुरमार्ग जस्तै सुते भने म भुकम्प वारम्बार आईरहन्छ । 

म भुकम्पले देशको भौतिक संरचना तहसनहस वनाएको छ । नया नेपाल बनाउने भनेर ठुला ठुला भाषण गर्ने नेताहरुलाई अव सजिलो पनि भयो । भत्काउने काम त मैले पनि गरिदिए । नेताहरुमा सरकारका प्रतिनिधिहरुलाई चेतना आउनु पऱ्यो । वर्षनि विकास बजेट फ्रिज बनाउने होइन जे कामको लागि छुट्याईएको बजेट हो त्यसैमा खर्च गर्नु पऱ्यो । एउटा मेलम्चीको खानेपानी सम्पन्न गर्न २०,३० वर्ष लगाउनु भएन । एउटा अन्र्तराष्टिय विमान स्थल बनाउन ५० औ वर्ष लगाउनु भएन । भुकम्पले भन्यो मैले खुसी र शान्तिलाई रुवाउन खोजेको पनि होइन । मेरो कम्पनले त्यो विग्रेको मन मष्तिस्कमा नया चेतना आउला र व्यत्तीगत स्वार्थ भन्दा माथि उठेर यो देश वन्न सकोस भन्ने मेरो चाहाना हो । जब सम्म सहि कामको थालनी हुदैन तब सम्म मेरो कम्पन जादै गर्दछ । मेरो कम्पनलाई बन्द गर्ने नगर्ने तपाई ठुला नेताहरुको हातमा छ । देशमा हरेक भुकम्पबाट पिडित जननताले सही न्याय पाएको दिन यो भुकम्प बन्द हुनेछ । नेताहरुको वुद्धि नफेरीए सम्म र नया संविधान जनताको हातमा नपरे सम्म जमिनमा भुकम्प नआएपनि ठुला नेताको दिल दिमागमा कम्पन आईरहेको छ । खुसी र शान्तिको आशुा मैले पुछनेछु आम नेपालीको सही बन्दोबस्त गर्ने व्यवस्था गर्नै काम यो सरकारले गरोस भनेर भुकम्प फेरी हास्यो जस्ले गर्दा नेपाली भुमीमा फेरी कम्पन गयो ।  
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment