विश्व वातावरण दिवस २०७२ मनाइयो

रबिना बोहरा
बागलुङ, जेठ २२ । प्रकृतीसँग सम्बन्धीत विभिन्न वातावरणिय एवं पर्यावरणिय कार्यक्रमको अयोजना गरि शुक्रबार बागलुङमा विश्व वातावरण दिवस– २०७२ मनाईएको छ । जिल्ला बन कार्यालय बागलुङ र छहराधारा कैलामपोखरी सामुदायिक वनको संयुक्त आयोजनामा बृक्षा

रोपण गरी दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले वातावरण मानिसको स्वास्थ्यस“ग जोडिएकाले वातावरणको संरक्षण गर्नुपर्ने बताउनुभयो । पौडेलले नेपाल जस्तो कृषि प्रधान देशमा बनजंगलको बिनाश गर्दा कृषकहरु लगायत सबैलाई असर पर्ने हुदा प्राकृतिक विनाशलाई रोक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले संसारमा बढ्दै गइरहेको औद्योगिक क्षेत्र, सवारी साधनका साथ जनघनत्वले वातावरण प्रदुषण बढ्दै गइरहेको अवस्थामा बृक्षारोपण गरी वातावरण स्वच्छ राख्ने काम स्रहानिय भएको बताएका थिए । बिरुवालाई रोपेर मात्र नभई राम्रो संग हुर्काउनुपर्ने सहभागीको भनाई थियो ।
पर्यावरण प्रति विश्वमा राजनैतिक र सामाजिक क्षेत्रमा जागृती ल्याउने उद्देश्यले विश्व वातावरण दिवस मनाउदै“ आईएको छ । वातावरण विनाश अहिले विश्वव्यापी समस्या भएकाले उद्योग धन्दाहरु सञ्चालन गर्दा बैकल्पिक उर्जाको प्रयोगमा बढी जोड दिनुपर्ने आबश्यकता देखिएको छ ।
बृक्षारोपण कार्यक्रम छहराधारा कैलामपोखरी सामुदायिक वन बागलुङका अध्यक्ष जयराम भारीको अध्यक्षता, जिल्ला वन कार्यालय बागलुङका सहायक बन अधिकृत रामबहादुर विकको स्वागत र कार्यालयका प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment