घुम्टे भन्दा अग्लो पहाड तारामा भएको दावी

बागलुङ, जेठ २५ । परापुर्ब कालदेखिनै बागलुङ जिल्लाकै सबैभन्दा अग्लो पहाड भनेर चिनिने गलकोटको घुम्टे लेक भन्दा अग्लो पहाडको यतिबेला खोज अनुसन्धान सुरु भएको छ । मिरमिरे युवा क्लब ताराखोला बागलुङको ११ औ वार्षीयक उत्सवको अवसरमा बोल्दै ताराखोला गाविसका निर्वतमान गाबिस अध्यक्ष दण्डपानी कँडेलले धेरै पहिले गरिएको सामुदायीक बनको अध्ययनको क्रममा बागलुङ जिल्लाकै सबैभन्दा अग्लो लेक डुडे लेक भएको बताएपछि चर्चाको बिषय बनेको छ ।
तारा गाविसको बाड नम्बर २ मा पर्ने उक्त लेकको बास्तविक उचाई पत्ता लगाउनका लागि अध्ययन समिति गठन गरिएको छ । बागलुङ जिल्लाको तारा, रणसिंहकिटिनी, खुंगा गाविस तथा म्यादी जिल्लाको रुम गाविसको बिचमा पर्ने डुडे लेक घु
म्टे लेक भन्दा अग्लो भएको स्थानियले दाबी गरेका छन । प्रत्येक वर्ष बैशाख १ गते र जेठ २० गते डुडे लेकमा रहेको शिवको मन्दिरमा आफुले चिताएको मनोकाक्षा पुरा हुने बिश्वास सहित पुजाआजा गर्ने गरिन्छ । उक्त मन्दिरदेखि चुचुरोमा पुग्नका लागि करिब १ घण्टा लाग्ने र मन्दिर सम्मको उचाई ३ हजार २ सय पाईएको भन्दै चुचुरोसम्मको उचाई अझै बढि हुन सक्ने भएपछि मन बहादुर रोकाको संयोजकत्वमा १७ सदस्यीय डुडेलेख प्रारम्भिक अध्ययन तथा अनुसन्धान समिति गठन गरिएको समितिका संयोजक मनबहादुर रोकाले बताउनुभयो ।
उक्त समितिले आगामि असोज १ गते बिशेष बैठक गरि जिल्ला बन कार्यालय, सामुदायीक बन उपभोक्ता महासंघ, स्थानीय संघ सस्था, सामुदायीक उपभोक्ता समुह लगायतका सरोकारबालासँग छलफल गरि अध्ययनको काम अगाडि बढाउने संयोजक मनबहादुर रोकाले बताउनुभयो । अध्ययनको लागि प्राबिधिक सहित अध्ययन टोली डुडे लेक क्षेत्रको अनुसन्धानमा जाने समितिले जनाएको छ । मिरमिरे युवा क्लबले स्थानीय प्राकृतिक सम्पदा र बिभिन्न महत्वका बस्तुलाई खोजी गरि प्रचार–प्रसार र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले अध्ययनको क्रम अगाडि बढाएको क्लबका अध्यक्ष लिलबहादुर घर्तीले बताउनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment