जैबिक तरकारी खेतीतर्फ मालिकाका कृषकहरु

बागलुङ, असार १५ । तरकारीमा रासायनिक बिषादीको प्रयोग बढीरहेका बेला बागलुङको मालिकाका कृषकहरु भने जैबिक प्रबिधीबाट तरकारी उत्पादन गर्न सक्रिय भएका छन । बजारमा तरकारी किन्न गयो की बिषादीको मात्रा बढी भएकाले जनस्वास्थ्यमा असर पर्ने चिन्ता गर्ने उपभोक्तालाई लक्षित गर्दै यहाँका कृषकहरु जैबिक मल र बिषादी प्रयोग गरी तरकारी उत्पादन गर्न थालेका हुन । 

रासायनिक बिषादी प्रयोगबाट मानव स्वास्थ्यमा गम्भीर असार परेको बेला उपभोक्तालाई जैबिक प्रबिधी प्रयोग गरेर तरकारी खुवाउने अभियानअन्र्तगत गोलभोडा, काउली बन्दा लगायतका तरकारी उत्पादन गर्न थालिएको छ । ‘कुनै पनि रासायनिक मल र बिषादी प्रयोग नगरी तरकारी उत्पादन गर्दै आएका छौ’ कृषक अम्बिका सापकोटाले भन्नुभयो ‘मानव स्वास्थ्यमा असर नपरोस भनेर उत्पादन कम भएपनि जैबिक तरकारी उत्पादन गरेका छौ ।’
मालिका गाबिसका ६० जना भन्दा बढी कृषकले गत वर्षदेखि जैबिक प्रबिधी अपनाएर गोलभेंडा लगायतका तरकारी खेती गरेका छन । ६० वटा टनेलमा गोलभेडाा लगाएपछि असारको पहिलो सातासम्म बोटबाटै बिक्री गर्दै आएका थिए । अहिले पुराना बोट हटाएर फेरी नयाँ बिरुवा रोप्न थालेका छन । एउटा टनेलमा लगाएको गोलभेंडाबाट १५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गरेको कृषकले जानकारी दिनुभयो । ‘पहिलोपटक गोलभेंडा खेती गर्दा आम्दानी पनि राम्रो भएको हो ।’ कृषक सिता सापकोटाले भन्नुभयो– ‘अझै पनि बजारमा जैबिक तरकारी हो भनेर चिनाउन नसक्दा राम्रंो कमाई हुन सकेको छैन । ’

जैबिक खेतीका लागि सामुदायिक वनमा खेर गैरहेको वनमारा, पाती, स्याला तथा पति·गर प्रयोग गरेर कम्पोष्ट  मल बनाएका छन भने गाईभैसीको मुत्र र पाती कुहाएर विषादी बनाउने गरेका छन । प्रा·ारिक मल बनाउनका लागि सामुदायिक वनसँग सम्झौता पनि गरेका छन ।

मालिकाका ७ वटा सामुदायिक वनका उपभोक्ताले उपसमुह बनाएर स्याला, पातपति·र ल्याउने काम गरेका छन । वन र कृषिलाई जोडेर उपभोक्ताहरुको आयआर्जन गराउन सहज हुने इन्प्रेड नेपालका कृषि अधिकृत उत्तम पाण्डेले बताउनुभयो । ‘वनमा खेर गएको स्याला प्रयोग गरी कृषकले मल बनाउने र तरकारी उत्पादन गरी आयआर्जन बृद्धि गर्न यस्तो अभियान सञ्चालन गरिएको हो ।’ उहाँले भन्नुभयो– ‘वनबाट कृषकहरुले पनि फाइदा लिन सक्ने गरी यसलाई अघि बढाइएको छ । बहुसरोकारवाला वन कार्यक्रमले इन्प्रेड नेपाल मार्फत कृषकको यो अभियानका क्रममा साथ दिएको छ ।’

जैबिक तरिका  अपनाएर तरकारी उत्पादन गर्दा कृषकहरुले रासायनिक मल र बिषादी प्रयोग गरे भन्दा कम आम्दानी हुन्छ । तर यसको मुल्य रासायनिक मल प्रयोग गरे भन्दा बढी लिन सक्दा कृषकले फाइदा लिन सक्ने जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसार अधिकृत बिप्लब अधिकारीले बताउनुभयो । मालिकामा बेमौसमी तरकारी खेती गरी तराईको उत्पादन पहाडमा नआउने समयमा कृषकले फाइदा लिन सक्ने भनाई उहााको छ । 

कृषकहरु रासायनिक मल र बिषादी होइन प्रा·ारिक मल र बिषादी प्रयोग गरेर छुट्टै ब्राण्डको रुपमा स्थापित गर्ने योजनामा छन । अहिले सम्म यो प्रा·ारिक तरकारी हो भनेर उपभोक्ताका बीचमा चिनाउँन नसक्दा बजार लिन नसकेको र प्रतिष्पर्धामा समेतपछि परेकाले घाटा बेहोरी रहेका छन । जैबिक तरकारी हो भन्ने पहिचान बागलुङ बजारमा स्थापित गर्नका लागि छुट्टै बिक्री केन्द्र समेत खोल्न आवश्यक देखेक छन ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment