पश्चगामी संविधानका लागि संकटका बेला सहमति: बादल

बागलुङ, २ असार ।  नेकपा– माओवादीका महासचिव रामबहादुर थापा बादलले पश्चगामी संविधान निर्माणका लागि चार राजनीतिक दलले महाभुकम्पको संकटको मौका छोपेर १६ बुादे सहमति गरेको आरोप लगाउनुभएको छ । पार्टी प्रशिक्षणका लागि बागलुङ आउनुभएका बादलले पत्रकारहरुसाग कुरा गर्दै दलहरुबीचको सहमति असामान्य घटना भएको समेमत बताउनुभयो । 
वर्तमान संविधानसभाबाट जनपक्षीय संविधान बन्न नसक्ने उदहरण दलहरुबीचको सहमतिले प्रष्टाएको उल्लेख गर्दै बादलले चार दलले महाभुकम्पलाई अवसरको रुपम लिएको समेत आरोप लगाउनुभयो । थापाले भन्नुभयो– ‘भुकम्पपछि जनता आफ्नो दैनिकी कसरी गुजार्ने भन्ने चिन्तामा छन्, उनीहरुलाई राजनीतिक विषयमा चासो राख्ने अवसर छैन, यस्तो बेलामा जनताको दवाव छल्न १६ बुादे सम्झौता भएको छ ।’

पुर्व रक्षामन्त्री समेत रहनुभएका थापाले बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि नेपालमा बैदेशिक चलखेल बढेको उल्लेख गर्दै संकटको बेलामा राष्ट्रियता कमजोर बन्दै गएको बताउनुभयो ।  ‘भुकम्पछि सहयोगका नाममा चलखेल बढ्दै गएको छ, सरकारले त्यसको नियन्त्रण गर्न सकेको छैन, बैदेशिक हस्तक्षेपलाई रोक्न नसक्दा राष्ट्रिय र क्षेत्रीय अखण्डतामाथि आाच पुगेको छ ।’ थापाले भन्नुभयो । भारत र चिनबीच नेपाली भुमी लिपुलेखकलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्ने सहमतिप्रति इङ्गित गर्दै थापाले त्यसका विषयमा सरकारले ध्यान पुराउनुपर्नेमा जोड दिनुभयो । 

संघीयताको नामाङ्कन प्रदेश सभाले गर्ने र सिमांकन विज्ञहरुले गर्ने विषयमा दलहरुबीच भएको सहमतिले नै संविधानसभा पूर्णरुपमा असफल भएको उल्लेख गर्दे वर्तमान संविधानसभा विघटन गरी सर्वपक्षीय राष्ट्रिय सरकारको घोषणा गर्नुपर्नेमा थापाले जोड दिनुभयो । 

सरकारले भुकम्पबाट पीडित बनेकाहरुलाई योजना बनाएर पुन:स्थापनामा लाग्नु पर्नेमा पिडितहरुलाई खाडी मुलुकमा निशुल्क पठाउनेतिर लागेर मानव तस्करको काम गर्न थालेको आरोप लगाउनुभयो । ‘केही दिन अगाडि खाडी मुलुकहरुमा निशुल्क कामदार पठाउने कुरा आएको छ, राज्यले पीडितहरुलाई केही दिन नसकेपछि जनताको बिद्रोको सामना गर्न नसक्ने देखेर सरकारले त्यो निर्णय गरेको हो ।’ थापाले भन्नुभयो ।

एक फरक प्रसंगमा थापाले सरकारले हालै गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग जनतालाई झुक्काउने खेल भएको दावी गर्नुभयो । द्वन्द्वत नेकपा–माओवादीको सहभागिता बिना गठन गरिएको आयोगको औचित्य नभएको उल्लेख गर्नुभयो । पहिलो संविधानसभामा माओवादी शक्ति हिरोको रुपमा उपस्थिति भएपनि जनताको पक्षमा काम गर्न नसक्दा र पटक पटक फुट्दै जाादा जोक्करको रुपमा परिणत हुन थालेको समेत बताउनुभयो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment