हमाल ट्रष्टद्वारा भुकम्प पीडितलाई सहयोग

बागलुङ, जेठ २३ । हमाल ट्रष्ट पोर्चुगलले बागलुङका भूकम्प पीडितलाई खाद्यान्न, त्रिपाल सहित नगद प्रदान गरेको छ । भूकम्पबाट पूर्ण रुपमा घर क्षती भएका परिवारलाई भिमपोखरामा एक कार्यक्रमको आयोजना गरी सामग्री प्रदान गरेको हो । 
कल्याणकारी काम गर्ने उद्देश्यले स्थापना भएको सो ट्रष्टले भिमपोखराका कोपिला केसी, कुमार किसान र हर्कबहादुर थापाको परिवारलाई भूकम्प पीडितलाई त्रिपाल, एक बोरा चामल, एक कार्टुन तेल जनही दुई हजार रुपैया“का दरले प्रदान गरेको हो । सभासदद्वय रत्ना शेरचन र चम्पादेवी खड्काले राहात रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सभासद शेरचन र खड्काले हमाल परिवारले भूकम्प पीडितलाई राहात वितरण गरेर महत्वपूर्ण सेवा गरेको
फोटोः दिलिप पौडेल
बताउनुभयो ।
हमाल ट्रष्टका होमबहादुर हमालको अध्यक्षतामा सम्पन्न राहात हस्तान्त्रण कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष दीलिप पौडेलले गर्नु भएको थियो । सो ट्रष्टमार्फत धादिङ लगायत बागलुङका विभिन्न गाविसमा ५६ थान त्रिपाल र एक लाख रुपैया“ बढिको नगद सहित सामाग्री प्रदान गरिने ट्रष्टका होम बहादुर हमालले जानकारी दिनुभयो । 
बागलुङको भिमपोखरा निवासी हमाल परिवारले गत मे महिनामा एक करोड रुपैया“को हमाल ट्रष्टको घोषणा गरेर कल्याणकारी कामको सुरुवात गरेका थिए । सो ट्रष्टको कर्ण हमाल, होमबहादुर हमाल, नरेन्द्र हमाल, मकर हमाल र पूर्ण हमालले संयुक्त रुपमा सञ्चालनमा ल्याएका हुन् । उनीहरुले सामाजिक उत्तरदायीत्व अन्तरगत आफ्नो आम्दानीको केही प्रतिशत ट्रष्टमा राखेर सम्वृद्ध समाज निर्माणको लागि विभिन्न क्षेत्रमा सघाउने जनाएका छन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment