आफ्नै खर्चमा अस्थायी घर तथा टहराहरु बनाउदै सिगाना वासीहरु

खेमराज गौतम
 बागलुङ, २५ जेठ
    महाभुकम्पका कारण घरवार विहिन वागलुङ जिल्ला स्थित सिगाना गाविसका अधिकाश परिवारले आफ्नै खर्चमा अस्थायी घर तथा टहराहरु वनाउन थालेका छन् ।
     भुकम्प वाट पूर्णरुपमा घर क्षतिभएका सर्वसाधरणजनताहरु बर्खाको सिजन सुरुहुन करिव एक महिना बाकी रहदा अस्थायी घरबनाउने कार्यले तिव्रता दिन थालेका छन् । बर्खाको समयमा ओत लाग्न र अन्नपात जोगाउनकै लागि अस्थायी घर निर्माण गरेको स्थानिएको भनाई छ । सिगानामा मात्र करिव ३० अस्थायी घरहरु वनी सकेको र अन्य घरहरु वन्ने क्रम जारी रहेको स्थानिय  विर बहादुर कार्कीले वताउनुभयो । यस्ता अस्थायी घरहरु करिव १० हजार देखि २५ हजार सम्ममा निमार्ण हुने स्थानियको भनाई छ ।
    सरकारी निकाएको ५ हजार र पाहलले ओतको व्यवस्था हुन नसकेपछी गाउलेहरु आफ्ने लगानीमा यस्ता घरहरु निर्माण गर्न थालेका छन् । यस्ताखाले घरहरु जस्ता पाता, वा“स, खर, गहूको नल र स्थानिय सामाग्रीको  प्रयोग गरी वन्ने गर्दछ । भुकम्पको पराकम्पनहरु आईरहेको अवस्थामा सामान्य क्षति भएका घरहरुमा पनि मानिस वस्न छोडेर अस्थायी घर निर्माणमा जुटेका हुन ।  यस्तो घर निकै सरल र सुलभ तरिकाले वनाउन सकिने हुनाले पनि स्थानिएको चासो वढेको पाईएको छ ।
     अन्य क्षेत्रमा विभिन्न पार्टीका संगठनहरु र अन्य सघ सस्थाहरुले घरहरु निमार्णमा सहयोग गरेपनी सिगान गाविसमा भने यस्तो भएको छैन ।   
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment