ट्रमा सेन्टर स्थापना गर्ने प्रतिबद्धता

बागलुङ, जेठ २५ । बागलुङ क्षेत्र नम्बर एकबाट निर्वाचित सभासद चम्पादेवी खड्काले धौलागिरी अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गरेरै छाड्ने बताउनु भएको छ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको २४ औं स्थापना दिवसको अवसरमा आइतवार अस्पताल परिसरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले यस्तो बताउनु भएको हो ।
दुर्घटनामा परेर गम्भिर घाइते भएका धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेकोले अञ्चल अस्पतालमा ट्रमा सेन्टर अत्यावश्यक भएको उहाँले बताउनुभयो । सडक दुर्घटनामा परि निधन भएका आफ्ना पति स्वर्गीय सभासद हरीबहादुर खड्काको स्मृतिमा ट्रमा सेन्टर स्थापना गर्न अर्थमन्त्री रामशरण महतले प्रतिवद्धता व्यक्त गरेका कारण अव चाडै काम सुरु गर्न आफुले पहल गरिरहेको जानकारी दिनुभयो ।  सभासद खड्काले धौलागिरी अञ्चल अस्पतालको सेवा थप स्तरीय बनाई धौलागिरीवासीलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह पनि गर्नुभयो । सो अवसरमा स्वास्थ्यकर्मी संघले स्थापना दिवसको अवसरमा अस्पताललाई अत्याधुनिक फिल्टर तथा घडी प्रदान गरेको छ ।
कार्यक्रममा नेपाली काग्रेसका कार्यवहाक सभापति जगदिशचन्द उपाध्याय, धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.तरुण पौडलले बोल्नुभएको थियो । नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष चन्द्रदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष देवप्रकाश घिमिरेले स्वागत र सचिव शिव केसीले सञ्चालन गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment