मुस्ताङमा युरेनियम उत्खनन गरे मुलुक कायापलट

धौलागिरि जागरण सम्वाददाता
मुस्ताङ, १९ जेठ
खानी तथा भूगर्भ विभागको टोलीले माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लगाएको छ । लोमान्थाङको १० किलोमिटर लम्बाइ र तीन किलोमिटर चौडाइको क्षेत्रमा युरेनियम भण्डार भेटिएको हो ।
एक किलो युरेनियम–२३५ को परिमाण्ँबाट उत्पादित विद्युत शक्ति तीन लाख टन कोइला बाल्दा आउने शक्ति सरह हुन्छ ।  एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊ\र्जा उत्पादन हुन्छ । एक किलोको मूल्य २० करोड ९ लाख अमेरिकी डलर (करिब १८ अर्ब रुपैया“) पर्न आउ“छ, जुन सुनको बजार भाउभन्दा झन्डै ४ हजार ५ सय गुण्ाँ बढी हो ।
युरेनियम मिसिएको माटो र ढुंगाबाट युरेनियम छानेर ‘एल्लो केक’ निर्माण्ँ गर्न र त्यसलाई विदेश निर्यात गर्न सकिन्छ । एल्लो केकको मूल्य विदेशी बजारमा प्रति केजी १५०–२३० डलर छ । आण्ँविक हतियार र चिकित्साविज्ञानमा समेत प्रयोग हुने शुद्ध युरेनियम एक ग्रामको मूल्य डेढ करोड रुपैया“भन्दा बढी पर्छ ।
औद्योगिक विकास गरिरहेका छिमेकी भारत र चीन युरेनियमको सम्भावित बजार हुन सक्छ । आण्ँविक ऊर्जा उत्पादनका लागि भारतले संसारकै ठूलो भण्डार रहेको अष्ट्रेलियास“ग युरेनियम किन्ने गरेको छ । युरेनियम आण्ँविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । उर्जा उत्पादन अथवा आण्ँविक बम युरेनियमबिना बन्न सक्दैन । युरेनियम विद्युत उत्पादनको मुख्य स्रोत पनि बन्दै गएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment