गलकोटमा प्रहरीको नागरिक सुनुवाई

बालकृष्ण सुवेदी, 
बागलुङ, जेठ २४ । धौलागिरि अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सुवासचन्द्र चौधरीले अपराध नियन्त्रण गर्न प्रहरी र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार गलकोटको हटियामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बरिष्ठ उपरिक्षक चौधरीले उक्त भनाइ राख्नुभएको हो । उहाँले भन्नुभयो– ‘प्रहरी प्रशासनबाट सेवा प्रवाह गर्ने क्रममा त्रुटी भएमा सिधै उपल्लो कार्यालयमा सम्पर्क गर्नुहोस ।’ 
हटियामा आयोजित नागरिक सुनुवाईमा सहभागीहरु । तस्विर: थम्मन थापा
गलकोट क्षेत्रका १२ गाविसका सर्वसाधारण नागरिकको समेत उपस्थीति रहको कार्यक्रममा १८ जनाले प्रहरी सेवा तथा समसामायीक विषयमा जिज्ञासा राखेका थिए । नागरिकका जिज्ञासाहरुको उत्तर दिदै जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक प्रमेमबहादुर बस्नेतले गलकोटको हटिया बजारमा इलाका प्रहरी कार्यालय स्थापना गर्नको लागि जिल्ला प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयबाट पहल भैरहेको जानकारी गराउनुभयो ।
साथै जिल्लाको शान्ति प्रक्रिया कायम गर्नको लागि आवश्यक सबै कार्य गर्ने बताउनुभयो । कार्यक्रमा नागरिकले हटिया प्रहरी चौकीको स्तरोन्नती, ट्राफिक व्यवस्थापन, सवारी लाइसेन्सको पहल, भुकम्प पिडितको यथार्थ बिवरण, गुणस्तरहिन उद्योग धन्दाको प्रभावका बारेमा आ–आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा बागलुङ हटिया सडक खण्डको स्तरोन्नतीसँगै बैज्ञानिक भाडा समायोजन गर्ने सम्बन्धमा सरोकारवाला निकायसँग समन्वय भैरहेको बताउनुभयो । 
कार्यक्रम सामुदायिक सेवा केन्द्र गलकोटका उपाध्यक्ष छमबहादुर खत्रीको अध्यक्षता, इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक दिलबहादुर थापाको स्वागत र प्रहरी नायब निरिक्षक कमलप्रसाद चौलागाईको सञ्चालमा सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment