मुस्ताङ, जेठ २४ । मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ । प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ । स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक परेको असिनापानीका कारण स्याउका दाना कम ला
गेको कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, लेते, कागबेनी, मुक्तिनाथ, झोङलगायतको ८६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउखेती हुने गरेको छ । ‘असोजपछि निरन्तरको हिमपातले धेरै असर गर्यो, उत्पादन घट्ने भएपछि किसान उत्साहित देखिँदैनन् ।’, उहाँले भन्नुभयो – ‘असिनापानीबाट पुगेको क्षतिको विवरण संकलन हुँदैछ ।’ उत्पादन घटेपछि किसानले मूल्य बढाउन तयारी गरेका छन् । गत वर्ष प्रतिकिलो रु ६० मा बिक्री गरेका किसानले यस वर्ष रु ७० सम्म पुर्याउने तयारी गरेका छन् । मुस्ताङमा पछिल्लो समय व्यक्तिगतभन्दा सामूहिक र सहकारीको माध्यमबाट स्याउखेती गर्ने परम्परा बढ्दै गएको छ ।
0 comments :
Post a Comment