ग्रिन बैंकद्वारा भुकम्पपीडितलाई सहयोग

 बागलुङ/ बैसाख १२ गते गएको भुकम्प पिडितहरुका लागि ग्रिन डेपलपमेन्ट बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । भुकम्प पिडितहरुको पुर्नस्थापना लागि सहयोग पु¥याउने उद्देश्यले बैंकमा कार्यरतकर्मचारीबाट २५ हजार र बैकको तर्फबाट ५० हजार गरि ७५ हजार सहयोग गरिएको बैकले जनाएको छ ।
    बिपतलाई सामुहिक रुपमा सामना गर्न र पिडितहरुको लागि राहत स्वरुप उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषको खातामा जम्मा गरिएको बैकका सुपरभाइजर सुदिप राजभण्डारीले बताउनुभयो । बैकले एक बिज्ञप्ती प्रकाशित गरि भुकम्पबाट जनधनमा भएको क्षतीमा दुःख व्यक्त गर्दै भुकम्ममा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण, घाइतेहरुको शिख्र स्वास्थ्य लाभको कामना र शोक परिवारमा समवेदना समेत प्रकट गरेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment