पत्रकार कुटपिटको घटनामा दुवै पक्षले क्षमा मागेर सहमति गरे

म्याग्दी/ पत्रकारमाथि कुटपिटको घटनाको विषयमा दुवै पक्षले आत्माआलोचना र मिलापत्र गरेर टु·िएको छ । बेनीबाट प्रकाशित नवविकल्प साप्ताहिकमा प्रकाशन भएको समाचारको विषयलाई लिएर सो पत्रिकाका सम्पादक ठाकुरप्रसाद आचार्यलाई लुलाङ गाविसका सचिव सोमबहादुर खत्रीले सोमबार कार्यलयमै गएर कुटपिट गर्नुभएको थियो ।
घटनाको विषयमा मंगलबार जिल्ला प्रहरी कार्यालय परिसरमा भएको छलफलमा दुवै पक्षले आत्माआलोचना गर्दै मिलापत्र गर्ने सहमती भएको नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीले जानकारी दिनुभयो ।
जेठ २४ गतेको नवविल्कप साप्ताहिकको गपीस कोलुमभित्र उल्लेखित ‘अबिवाहित महिला हाकीमको पछि पुरुष’, ‘दरवाङ जान अख्तियारमा मुद्दा’, ‘सिडिओले जंगिदै भने नत्र भित्र हालिदिन्छु भन्ने’ शिर्षकमा प्रकाशित भएका आरोपित तथा आधारहिन भनिएका विषयबस्तुमा नवविकल्प साप्ताहिक पत्रिकाको तर्फबाट सम्पादक आचार्यले आत्माआलोचन गरि सरोकारवालाको आत्मसम्मान र सामाजिक प्रतिष्ठामा परेको असरप्रति पत्रिकाको आगामी अंकमा स्पष्टीकरण प्रकाशन गर्ने सहमति भएको छ ।
यसैगरी सोही अंकमा गसिपमा प्रकाशित समाचारका कारण आवेगमा आई नवविकल्प कार्यालयमा पुगी सम्पादक आचार्य र लुलाङका सचिव केसी बीच भनाभन र हात हालाहाल भएको विषयमा सम्पादकले समाचारको अर्को अंकमा स्पष्टिकरण दिने गरि सचिव केसीले सो घटनाप्रति क्षमा माग्दै आत्मआलोचना गर्नुभएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment