आदर्श सञ्चार सहकारीको अनुगमन


सिर्जना पन्त
 बागलुङ, जेठ २८।
केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र काठमाडौले सहकारीकर्मीहरुलाई प्रदान गरेको प्रशिक्षक प्रशिक्षण तालिमको प्रभावकारिता सम्बन्धी अनुगमन शुरु गरेको छ । 
देशव्यापी अभियानका क्रममा बिहीवार प्रशिक्षण केन्द्रको टोलीले आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको अनुगमन गरेको छ । 
केन्द्रले दिएको तालिममा संस्थाले पठाएका सहभागीले गरेको काम सहित संस्थामा परेको प्रभावका बारेमा अनुगमन गरिएको केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्रशिक्षक गिरीराज ज्ञावलीले जानकारी दिनुभयो । 
तालिम लिएपछि त्यसको प्रभावकारीता कस्तो भयो, आगामी दिनमा तालिममा के कसरी थप प्रभावकारी ल्याउन सकिन्छ भन्ने उदेश्यका साथ तालिमका सहभागी भएका व्यक्ति र संस्थागत अनुगमन थालिएको ज्ञवालीको भनाइ छ । 
तालिम लिइ सकेपछि कार्यान्वयनको पक्षमा लाग्नु व्यक्ति र संस्था दुवैको जिम्मेवारी भएको केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्रशिक्षक आनन्द सारुले बताउनुभाये । 
सहकारी प्रशिक्षक प्रशिक्षण तालिममा आदर्श सञ्चार सहकारी संस्थाबाट सहभागी भएका सहकारीका लेखापाल कमला क्षत्रीको व्यक्तीगत र उहाले तालिम प्रश्चात संस्थामा पु¥याएको योगदानको अनुगमन गरेको हो । आदर्श सञ्चार सहकारी संस्थाका बारेमा अध्यक्ष मनकुमारी केसी, सचिव रामबहादुर जिसीले जानकारी गराउनु भएको थियो । 
धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारीले धौलागिरि जागरण दैनिक पत्रिका प्रकाशनसंगै बचत तथा ऋण अन्य सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment