जुत्ता बनाउने तालिम शुरु

धौलागिरि जागरण सम्वाददाता
पर्वत, २२ जेठ । भरपर्दो सिपको अभावमा दैनिकजसो हजारौ युवायुवतीहरु काम खोज्दै स्वदेश तथा विदेशमा भौतारीइरहेका बेला स्थानीयस्तरमै स्वरोजगार सिर्जना गराउने उद्देश्यले तीन महिने जुत्ता बनाउने तालिम पर्वत सदरमुकाम कुश्माबजारमा शुरु भएको छ ।
सिप विकास परियोजनाको सहयोग र देउराली जनता प्राविधिक शिक्षालयको सहजीकरणमा तालिम शुरु भएको हो । उक्त तालिममा २० जना युवायुवतीहरुको सहभागिता रहको छ । सो अवसरमा बोल्दै जिल्ला विकास समिति पर्वतका कार्यक्रम अधिकृत तथा उद्यम विकास प्रमुख तुलसीराम शर्माले हातमा सिप र जा“गर भयो भने काम खोज्दै देशविदेशमा भौतारिनु नपर्ने बताएका बताएका छ
न् । दक्ष व्यक्तिको अभावमा स्वदेशमै रहेका उद्योगहरु पनि बन्द हुने अवस्था पुगेको बताउ“दै शिक्षा जस्तै सवै व्यक्तिले सवै किसीमका सिपहरु हासिल गर्नुपर्ने बताएका छन् । उनले व्यावसायमा लाग्न चाहाने युवा युवतीहरुलाई जिल्ला विकास समितिले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले कुनैपनि सिप र तालिम विना व्यावसायमा सफल हुन नसकीने बताउँदै सानो ठुलो काम नभनी दक्षता हासिल गर्न सहभागिहरुलाई आग्रह गरेका छन् । 
देउराली जनता प्राविधिक शिक्षालय एण्ड जेभीका संचालक देवाखर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेल र संचालन महासंघका उपाध्यक्ष ठाकुरवी पौडेलले गरेका थिए । तालिमको सहजीकरण स्थानिय छालाजुत्ता उद्योगी दिलिप थापाले गर्ने बताइएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment