एम्नेष्टी उपाध्यक्ष पौडेलद्वारा राजिनामा

बागलुङ, जेठ ३२ । एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाका उपाध्यक्ष प्रताप पौडेलले राजिनामा दिनुभएको छ । बागलुङ घर भएका पौडेल सहित कार्यसमितिका ८ जनाले आइतवार विज्ञप्ती प्रकाशित गरि राजिनामाको घोषणा गर्नुभएको हो ।

अन्तराष्ट्रिय सचिवालले सिके राउतलाई समर्थन गरेको भन्दै असन्तुष्ट नेपाल शाखाका कार्यसमितिका पदाधिकारीहरुले राजिनामा दिएका हुन् । राजिनामा दिनेमा उपाध्यक्ष पौडेल सहित, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रविन अग्रवाल सदस्यहरु अर्जुन अधिकारी, पद्यिनि थापा, मञ्जुदेवि अर्याल, शेषकुमार निरौला र हेरम्बदेव भट्टराई रहनुभएको छ ।

एम्नेष्टी इन्टरनेशनलको लण्डन हेडक्वाटरले लिएको निति र चासोका बारेमा असन्तुष्टि जनाउँदै यस अगाडि पुर्व अध्यक्ष कृष्ण पहाडी लगाएतले समेत एम्नेष्टीबाट बाहिरिएको घोषणा गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment