पर्वत उबासंघको तीन वर्षे कार्ययोजना

पर्वत, जेठ ३२ । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय विकासका लागि तीन वर्षे कार्ययोजना तयार पारिएको छ । पर्वत उद्योग बाणिज्य संघले जिल्लाको समग्र कृषि, उद्योग, पर्यटन तथा व्यापारीक बृद्धिका लागि तीन वर्षे कार्ययोजना पारी गरेको हो । 

संघले सदरमुकाम कुश्मा बजारमा तरकारी वजार व्यवस्थीत गर्न निर्माणाधिन भवनको निर्माणकार्य सम्पन्न गरी तत्काल सञ्चालनमा ल्याउने, उद्योग बाणिज्य संघमा सुविधा सम्पन्न बैठक कक्ष व्यवस्थापन गर्ने, जिल्लाको समग्र पर्यटन प्रवद्र्धन गर्न जिल्ला विकास समिति अन्य निकायहरुसँग समन्वय गरी बहुउद्देश्यीय पर्यटन सुचना केन्द्र स्थापना गरिने भएको छ । 

त्यस्तै जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाहरुलई नेपाल सरकारले लागु गरेको सार्वजनीक खरीद ऐन २०६३ अनुसार कार्यान्वयन गर्न पहल गर्ने, एक गाऊँ एक उत्पादन कार्यक्रम अन्र्तरगत पर्वत जिल्लामा लप्सीको उत्पादनमा बृद्धि एवं लप्सीउद्यम सञ्चालनमा बिषेश जोड दिदै लप्सी संकलन तथा प्रशोधन केन्द्र निमार्ण गरिने कार्ययोजनामा रहेको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । 

जिल्लामा दर्ता नगरी सञ्चालनमा रहेका उद्योग व्यवसायलाई दर्ता प्रक्रियामा ल्याई व्यवसायीबीच स्वच्छ प्रतिष्पर्धा गर्ने बातावरण तयार गर्ने, वस्तुगत व्यवसायीको छुट्टा–छुट्टै भेला बसी व्यवसायीक समस्या पहिचान गरि समाधानका लागि सम्बन्धीत निकायमा  पहल गर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ । 

व्यवसायीलाई कर तथा मुल्य अभिबृद्धि करका  बारेमा  समय समयमा प्रशिक्षण तालिम आयोजना गर्ने, सवै बैंक तथा वित्तिय संस्थाहरुको भेला गरी सर्व सुलभ कर्जा प्रवाह गराउन पहल गर्ने र २०७३ सालमा क्षेत्रीय स्तरको पांचौ पर्वत महोत्सव सम्पन्न गर्ने योजना पनि संघले अघि सारेको छ । पर्वत जिल्लाको व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न पर्वतका पर्यटकिय स्थानहरुको प्रचार–प्रसारका लागि प्रयास गर्ने समेत जनाइएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment