बागलुङमा आइटिएफ तेक्वान्दो हुने

बागलुङ, जेठ २३ । बागलुङ आइटिएफ तेक्वान्दो संघले बुर्तिबाङमा आगामी जेठ अन्तिम साता तेस्रो धौलागिरी च्याम्पियनसीपको आयोजना गर्ने भएको छ । जनरल चोइ मेमोरियल स्मृति दिवसका अवसरमा संघले यस्तो कार्यक्रमको आयोजना गरेको आइटिएफका धिरेन्द्र घर्तीले जानकारी दिनुभयो ।  बागलुङ आइटिएफका सदस्य नरबहादुर क्षत्रीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । च्याम्पियनसीपमा धौलागिरी अञ्चलका आाइटिएफ खेलाडीहरुको सहभागिता रहने संघले जनाएको
छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment