रुद्रेपिपल माविका विद्यार्थी र शिक्षकहरुद्धारा खाजा खर्च कटाएर भुकम्प पिडितलाई सहयोग

रबिना बोहरा
बागलुङ, २५ जेष्ठ ।
रुद्रेपिपल मावि बागलुङका विद्यार्थी एवं शिक्षकहरुले खाजा खर्च कटाएर बागलुङ जिल्लाका भुकम्प पिडितहरुलाई राहत रकम सहयोग गरेका छन् ।
विद्यार्थीहरुले एक दिनको खाजा खर्च कटाएर ८ हजार रुपैया प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेललाई हस्तान्तरण गरेका हुन् । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प र पटक पटकको पराकम्पनका कारण प्रभावित बनेका बागलुङका भुकम्प पिडितहरुका लागी मानविय कर्तव्य स्वरुप राहत प्रदान गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका  प्रधानाध्यापक ममतादेवि शर्माले विपतमा परेका बेला केहि राहत होस् भन्ने हेतुले विद्यार्थी र शिक्षकहरुले प्रमुख जिल्ला अधिकारीलाई राहत रकम प्रदान गरेको बताउनुभयो । अहिले देश विपतको घडीमा गुज्रिरहेको समयमा विभिन्न संघ संस्थाहरुले राहत वितरण गरिरहेका छन् । बागलुङ जिल्लामा गत बैशाख १२, १३ र २९ गतेको भुकम्पबाट मानविय क्षति नभएता पनि भौतिक संरचना ध्वस्त भएका थिए ।
भौतिक संरचनामा क्षति पुग्दा बागलुङ जिल्लाका गरिब तथा विपन्न बर्गका मानिसहरु पालमा बसेर दिन बिताउन बाध्य भएका छन् । बर्खाको समय सुरु हुन केहि दिन रहेका बेला भुकम्प पिडित परिवारलाई बसोबासको समस्या उतिकै परेको छ ।
रुद्रेपिपल माविका विद्यार्थीहरुले आफुहरुले धेरै सहयोग गर्न नसकेता पनि आफु सक्दो सहयोग गरेको भन्दै विपतमा परेका पिडितहरुलाई नआत्तिन आग्रह गरेका थिए । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment