मुस्ताङका होटल बुक हुन थाले

मुस्ताङ, जेठ ३२ । बैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि सुनसान बनेको पर्यटकीय जिल्ला मुस्ताङका होटलहरु केही दिनयता बुक हुन थालेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्ने मुस्ताङको भ्रमणमा आउने पर्यटकहरुको बिस्तारै चहलपहल हुन थालेको छ । करिब डेढ महिनापछि होटल बुक हुन थालेका छन् । भारत र तेस्रो देशका पर्यटकहरु मुस्ताङ भ्रमणमा आउने क्रम बढ्न थालेको जोमसोमको ओम्स होम्स् होटलका सहायक प्रबन्धक कृष्णराज सुवेदीले बताउनुभयो ।

शनिबार उपल्लो मुस्ताङको दश दिने भ्रमणका लागि लामा एक्सकुलुसिपमार्फत १४ जना जर्मनी र ६ जना नेपालीको टोली त्यसतर्फ गएको छ । अन्य देशका पर्यटकहरुले पनि होटल बुक गर्न थालेका सुवेदीले बताउनुभयो । मुस्ताङका पर्यटकीय स्थलहरु सुरक्षित रहेको सन्देश प्रवाह गराउन पर्यटन व्यवसायीले पहल गरेका छन् ।

यसैबीच, म्याग्दी हँुदै मुस्ताङ जाने यात्रुहरुले बेनी जोमसोम सडकको रुप्से खोलामा मोटरसाईकल र यात्रुका सामान तारेवापत जवरजस्ती पैसा असुली भैरहेको गुनासो गरेका छन् । मोटरसाईकल तार्न चार हजार र सामान तार्न तिन चार सय रुपैयाँ जवरजस्ती मागेको यात्रुहरुको गुनासो छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक बिमलकुमार उपाध्यायले यात्रुलाई ठगी गर्नेलाई निगरानी तथा कारबाहीका लागि दाना प्रहरी चौकीमार्फत टोली परिचालन गरेको बताउनुभयो । रुप्से खोलामा मोटरेबल पुल निर्माणमा ढिलाई हुँदा यात्रुहरुलाई सास्ती भएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment