जापानी नारिकद्वारा एक लाख सहयोग

बागलुङ, जेठ २५ । बागलुङ जिल्ला स्थित बिहुँ गाविसका भुकम्प पिडितहरुलाई जापानिज नागरीक सातो केईजीले १ लाख बढी सहयोग गर्नुभएको छ । आईतबार बिहुँ स्थित अमर क्याम्पसमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा उहाँले पिडितहरुका लागि एक लाख २३ हजार ९ सय २० रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । गत बैशाख १२, १३ र २९ गते भएको विनाशकारी भुकम्प र पटक–पटकको पराकम्पन कारण बिहुँमा मानवीय क्षति नभएता पनि भौतिक संरचनामा बढी क्षति भएको थियो ।
बारम्बारको भुकम्पबाट बस्न नमिल्ने गरी घर भत्किएका परिवारलाई सातो केइजीले सहयोग गर्नुभएको हो । बिहुँ वडा नम्बर १ देखि ९ सम्मका भुकम्प पिडित परिवारलाई ७ हजार ५ सयका दरले १६ जनालाई, १ जनालाई १ हजार र अर्का पिडितलई २ हजारका दरले राहत वितरण गरिएको हो ।
राहत रकम संकलन गर्नका लागि बागलुङ जिल्लाको मल्म गाविस वडा नम्बर ३ का हाल जापानमा रहनुभएका देवेन्द्र सापकोटाले सहयोग गर्नुभएको थियो । राहत वितरण गर्दै जापानीज नागरीक सातो केईजीले भुकम्पबाट अन्य जिल्ला जिल्लाहरु बढी प्रभावित भएता पनि बिहुँसँग आफ्नो सम्बन्ध नजिक रहेकाले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा अमर क्याम्पस बिहुँका क्याम्पस प्रमुख हरिप्रसाद कँडेल, अमर उमाविका भिष्म कँडेलले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्थानीय राजु कँडेलले गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment