सूर्तीजन्य पदार्थ उपभोग न्यूनिकरणमा जोड

बागलुङ, असार ६ । सुर्तीजन्य पदार्थले मात्र नेपालमा प्रत्यक वर्ष १५ हजारको मृत्यु हुने गरेको बागलुङमा आयोजित एक कार्यक्रम  बताईएको छ । सुर्ति जन्य पदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी विभिन्न समूहको लागि सचेतना कार्यक्रममा यस्तो बताईएको हो । 

स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ नेपाल, जिल्ला स्वास्थ्य कार्यलय बागलुङ र सेभ द–युथ बागलुङको सयुक्त आयोजनामा सञ्चालित सचेतना कार्यक्रममा सुर्तीजन्य पदार्थले रगतको सञ्चालनमा अवरोध, मस्तिष्क घात र गर्भमा रहेको बच्चालाई समेत प्रत्क्ष रुपमा असर पार्ने हुनाले यसलाई निर्मुल पार्न सबैमा सचेतना जगाउनुपर्नेमा जोड दिइएको थियो ।

नेपालमा मात्र प्रत्यक घण्टा २ जनाको, दिनमा ४२ जनाको र महिनामा १२ सय ६० जनाको मृत्यू हुनेगरेको उक्त कार्यक्रममा बताईएको थियो । कार्यक्रममा एकजनाको प्रयासले मात्र सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न असम्भव भएको हुँदा सामूहिक प्रयासले मात्र नियन्त्रण हुन सक्ने कार्यक्रमका सहभागीहरुले जिज्ञासा राखेका थिए ।

कार्यक्रम स्वास्थ्य प्रबद्र्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष लक्ष्मीरमण बन्धु र सचिव रतनकुमार गिरीको सहजिकरण र सेभ द युथ बागलुङका अध्यक्ष मनिष रायमाझीले सूर्तीजन्य पदार्थको बिक्री वितरण तथा उपभोगमा न्यूनिकरण गर्नका लागि आफ्नो संस्थाले गरेको कार्यको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम संस्थाका सचिव दिपक रानाको सञ्चालनमा सम्पन्न भएको थियो । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment