आइटिएफ तेक्वान्दोको तयारी तिव्र

बागलुङ, जेठ २९ । तेक्वान्दोका जन्मदाता, इन्टरनेशनल तेक्वान्दो महासंघका संस्थापक स्व. जनरल चोई होङ हीको स्मृतीमा जेठ अन्तिम साता बागलुङको बुतिर्बाङमा आयोजना गरिएको चोइ कप आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।  

जेठ ३२ गते बुर्तिबाङ बजारमा सञ्चालन हुने उक्त प्रतियोगितामा धौलागिरी अञ्चल भित्रका करिव ११ डोजाङका १ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन । जिल्ला खेलकुद विकास समिति, बागलुङको मुख्य आयोजना तथा बागलुङ आइटिएफ तेक्वान्दो संघको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा करिव १ लाख ९० हजार खर्च हुने अनुमान गरिएको आइटिएफका केन्द्रीय सदस्य राजु खड्काले जानकारी दिनुभयो । 

प्रतियोगितामा पुरुष स्पायरिङतर्फ २५ देखि ६० केजीसम्म ७ स्वर्ण, ७ रजत र ७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ३० देखि ६० केजीसम्म ६ स्वर्ण, ६ रजत, र ६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ । 

प्रतियोगितामा टिम च्याम्पियनशिपको ट्रफी सहित सर्वोत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई सम्मान गरिने छ । बागलुङ आइटिएफ तेक्वान्दो संघले तेक्वान्दोका जन्मदाताको स्मृतिमा बिगत वर्षहरु देखि विभिन्न गतिविधीहरु सञ्चालन गर्दे आइरहेको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment