ठेउलेखोला निर्माणकार्य धकेलियो

बागलुङ, जेठ २३ गते । मंसिर महिनाभित्र सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको साढे एक मेघावाटको ठेउलेखोला जलविद्युत आयोजना कामदार अभावमा एक वर्ष पछाडी धकेलिने भएको छ । वर्षाद् सुरु हुनुपुर्व खोलाको सम्पूर्ण काम सकेर मंसिरसम्म निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गरिएपनि कामदार अभावका कारण समस्या भएको आयोजनाले जनाएको छ । 
एउटै खोलाबाट आठवटा लघुजलविद्युत आयोजना निर्माणपछि उर्जा खोला नामाकरण गरिएको कुश्मीसेराको ठेउले खोलामा २०७० चैत महिनादेखि जलविद्युत आयोजना निर्माणको काम शुरु गरिएको थियो । बैशाख १२ र २९ गतेको भुकम्पले जलविद्युत आयोजनामा कुनै क्षती नपुगेपनि त्यहाा कार्यरत कामदारहरुका घरहरु क्षती भएका कारण कामदारहरु काम छाडेर घर गएका कारण समस्या भएको आयोजनाका प्रबन्ध निर्देशक सूर्य अर्यालले बताउनुभयो । 
अहिलेसम्म ६ करोड रुपैयाा भन्दा बढी खर्च गरेर फाउण्डेसनका कामहरु गरिरहेको उल्लेख गर्दै अर्यालले भुकम्पको बाहनामा कामदार नआउादा कामलाई तिव्रता दिन नसकिएको बताउनुभयो । जलविद्युत आयोजना निर्माणका लागि २६ करोड ५० लाख रुपैयाा लागत लाग्ने अनुमान गरिएकोमा निर्माण सकिने समय पछाडी धकेलिएको र कामदारलाई बढी ज्याला दिनुपर्दा त्यो लागत बढ्न सक्ने अर्यालले बताउनुभयो । 
‘हामीले साढे २६ करोडसम्ममा सम्पन्न गर्न सक्छौं भनेर काम शुरु गरेका थियौं, यतिबेला कामदार नपाइने हुादा पाइएका कामदारलाई दोब्बर ज्याला दिएर काम गराउनुपर्ने भएको छ । नि
बागलुङको कुश्मीसेरामा निर्माणाधिन ठेउलेखोला जलविद्युत आयोजना । 
र्माण सम्पन्न हुने समय पछाडी धकेलिदा निर्माण सामाग्रीको मूल्य, बैंकको ब्याजका कारण लगानी बढ्ने निश्चित छ ।’ अर्यालले भन्नुभयो । भुकम्पले प्रभावित नपारेको ठाउामा पनि भुकम्पको बाहनाले गर्दा समयमै काम सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अहिलेसम्म ३५ प्रतिशत मात्र काम सकिएको छ ।
आयोजना निर्माणका लागि सिभिल कन्ट्रक्सनका कामअन्र्तगत कुश्मिसेरा गाविस र सकुर्वा गाविसको सिमानामा बााध निर्माण गरी इन्टेकको काम तिव्र पारिएको छ । सर्कुवा र कुश्मिसेराको सिमामा बााध निर्माण गरि विनामारे गाविसको मसिना पुल नजिकै पावर हाउस निर्माण हुनेगरी इस्टिमेट तयार पारिएको छ ।
उक्त आयोजनाबाट उत्पादित विद्युतलाई डेढ किलोमिटर पर अमलाचौर गाविसमा राष्ट्रिय ग्रिडमा जोडिने प्रबन्ध निर्देशक अर्यालले बताउनुभयो । उक्त आयोजनाले २०६६ चैत १७ गते नेपाल विद्युत प्राधिकरणसाग विद्युत खरिद गर्ने सम्झौता गरिसकेको छ । अर्यालले स्थानीयका लागि शेयर खुला गर्ने तयारी गरिरहेको बताउनुभयो । आयोजनाको कुल लागत रकमको १० प्रतिशत शेयर स्थानीयलाई दिने सहमति भएको आयोजनाले जनाएको छ । सहमति अनुसार स्थानीयले दुई करोड ६५ लाख शेयर स्थानीयलाई वितरण हुनेछ ।  
जलविद्युत आयोजना निर्माणका लागि निर्माणकर्ता बाराही हाइड्रोपावर प्रालिले विभिन्न निर्माण कम्पनीहरुसाग सम्झौता गरिसकेको छ । प्रालिले परामर्शदाताको रुपमा सम्यक इन्जिनियरिङ प्रालि, सिभिल निर्माणको काममा अनेष्ट ल्याण्डमार्क लालभिम जेभी नेपाल, इलेक्ट्रोमेकानिकलमा एसिया प्याशिफिक पावर टेक चिन, हाइड्रोमेकानिकलमा सूर्य ग्लोवल स्टिक ट्युब्स लिमिटेड भारत र प्रशारण लाइन निर्माणमा युनाइटेड इलेक्ट्रो इन्जिनियरिङ प्रालिलाई जिम्मा दिएको छ । 
गाउामा जलविद्युत आयोजना निर्माणको काम शुरुभएपछि स्थानीयवासीमा समेत उत्साह जागेको स्थानीय व्यवसायी पुष्पा आचार्यले बताउनुभयो । ‘स्थानीय खोलाबाट स्थानीयको पनि लगानीमा ठूलो जलविद्युत आयोजना निर्माण हुनु राम्रो कुरा हो ।’ आचार्यले भन्नुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment