शान्ति



सिर्जना पन्त
कहिले मनको तराजुमा, कहिले धनको तराजुमा
कति सस्तो भयो पलपल हरपल यहाँ
सिता, भृकुटी, अनि अरनिको कुरा पछि आउला पक्कै
हिजो आज गौतम बुद्ध संगै बिक्रिमा छ शान्ति

कहिले चिनले त कहिले भारतले मोल तोल गर्छन्
आमा र अस्तित्व भन्दा तराजुको माल प्यारो भएसी
न खुलेर लैजा भन्न सक्ने, न खुलेर दिन्न भन्न सक्ने
सिमा र सुरक्षा संगै बिक्रिमा छ शान्ति

संस्कार र संस्कृति विदेशि पाहुनालाई उपाहार भो
स्वाभिमान र स्वतन्त्रता एउटा कुर्चिकै दाउमा छ 
नेपाल त केवल नेताको भाषण गर्ने थलो भयो
 शन्तिको नाउँमा
सुन्दर शान्त विशाल यो नेपालित्व आज बिक्रिमा छ 

शान्ति त एकादेशको कथा भईसक्यो इतिहास जस्तै
कुर्चि सत्ता त कहिले चुनाव प्रचार प्रसारमै तछाड मछाड
यिनले जित्दैमा के हुन्छ र फेरि अर्काे काडाँ थपिन्छ
यि नेताको कुर्चि संगै बिक्रिमा छ शान्ति

धावा मोल्दा विदेशिले सुनसान चुपचाप नेताहरु
वहाना अनेक शिक्षा, स्वास्थ, खाद्यान्न के–के हो के–के
बेच्दानी आत्मा सम्मान हजारौ नेपाली भोका र बेरोजगार
लोभले लाप लाभले विलाप हुदानि लोभ संगै बिक्रिमा छ शान्ति 

समाप्त

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment