पर्यटक आउन छाडेपछि विदेशी व्यापारी घर फर्किए

भूकम्पका कारण पर्यटक आउन छाडेपछि पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका विदेशी व्यापारीहरू पनि घर फर्कन थालेका छन्। ‘पर्यटक आउन कमि भएपछि व्यापार हुन छाड्यो, पसल बन्द गरेर विदा मनाउन घर तिर लागेँ,’ एक व्यापारीले सेतोपाटीलाई बताए।
लेकसाइड क्षेत्रमा व्यापार गरेर बस्ने भारतका कास्मीहरू, चाइनीज र तिव्बतियन व्यापारी पसल, होटल तथा रेष्टुरेण्ट बन्द गरेर घर तिर लागेका छन्। भारतीयहरूले पोखरामा पस्मिनाको व्यापार गर्दै आएका छन् भने चाइनिज व्यापारीहरुले होटल तथा रेष्टुरेण्टको व्यापार गर्दै आएका छन्।
पोखरामा भारतीय व्यापारीले सञ्चालन गरेका ४० वटा पस्मिनाका पसल छन्। यस्तै  २३ वटा होटल तथा रेष्टुरेण्ट चाइनिज व्यापारीहरुले सञ्चालन गर्दै आएका छन्।
पोखरामा २५ वर्ष देखि पस्मिनाको व्यापार गर्दै आएका भारतीय व्यापारी इतिखा आलमले पोखराको ९० प्रतिशत पस्मिना पसल बन्द भएको बताए।
इन्डियन सपकिपर एशोशियसन पोखराका अध्यक्षसमेत रहेका आलमले भने, ‘पोखरामा पर्यटक नआए पछि व्यापार हुन छाड्यो, घरमा पनि आफन्त भेट्न जाने समय मिलेपछि पसल बन्द गएर घर गएका हुन्,’ उनले भने।
केहि सयम घरमा बिताएर पोखरामा सुरक्षित छ भन्ने सन्देश दिँदै आफूहरू पोखरा फर्कने बताए। पोखराको होटल टेम्पले ट्रि र पोखरा ग्याण्डमा पस्मिनाको व्यापार गर्दै आएको उनले व्यापार नभए पनि आफूले पसल खोलेको बताए।
त्यसैगरी पोखरामा होटल तथा रेष्टुरेण्ट सन्चालन गर्दै आएका चाइनिज व्यापारीहरू अधिकाशं व्यापार बन्द गरेर चीन गएका छन्। ओभरसीज चाइनीज एशोशियसन पोखराका उपाध्यक्ष उचिन लामाले चीन सरकारले नै चाइनिजहरूलाई घर फर्किन भनेपछि फर्किएको बताए। उनले व्यापारीहरू बिस्तारै पोखरा फर्किन थालेको बताए। अहिले चाइनिजहरूले सञ्चालन गरेका अधिकाशं होटल तथा रेष्टुरेण्ट बन्द रहेको लामाले बताए।
उनले चीनबाट पोखरा आउन पर्यटकहरू धेरै नै इच्छुक भएपनि सरकारले नै रोक लगाएका कारण आउन अप्ठ्यारो भएको बताए। उनले आफूहरूले पोखरा सुरक्षित रहेको बारेमा चाइनामा जानकारी दिँदै आएको बताए। केहि समयमा नै पर्यटकहरू आउने उनको विश्वास थियो। सामाजीक सञ्जालमार्फत फोटो र भिडियोबाट पोखरा सुरक्षित रहेको सन्देश पठाउने गरेको बताए।
साभारः- सेतोपाटीबाट
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment