पहिरो निरीक्षणका लागि ड्रोनको प्रयोग

म्याग्दी, जेठ २३ । म्याग्दीको राम्चेको काफलडा“डाको पहिरो निरीक्षणका लागि जापानी विज्ञहरुको टोलीले ड्रोनको प्रयोग गरेका छन् । पहिरो खसेपछि कालीण्डकनी नदीनै थुनिएपछि विश्वको केन्द्रीत गरेको उक्त पहिरोको निरीक्षणका


लागि जापानको खानी तथा भुगर्भ विभागको टोली मानव रहित ड्रोन लिएर उक्त ठाउ“मा पुगेको थियो ।
कालीगण्डकी नदी माथिको पहाडै खसेर कालीगण्डकी नदी थुनिएपछि त्यस आसपासमा पहिरोको अवस्थाका बारेमा अध्ययन गर्नका लागि टोली म्याग्दी आइपुगेको नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष सुरज केसीले बताउनुभयोे । 
उक्त टोलीसंगै पहिरो स्थल पुग्नुभएका पत्रकार केसीले पहिरो स्थल भगवती र राम्चे गाविसको आसपासका करिब एक किलोमिटर क्षेत्रफलको भिडियो र फोटो लिएको बताउनुभयो । पहिरो स्थलमा मानिस सोझै जान सक्ने अवस्था नभएकाले ड्रोनको प्रयोग गरेर पहिरोको अध्ययन अनुसन्धान गर्न थालिएको छ ।
केसीका अनुसार पहिरो अध्ययनका लागि आएको पा“च जना विज्ञहरुको टोलीले पहिरोस्थल तथा आसपासका पहाडको अवस्था, थुनिएको स्थानबाट मोटो, पहिरो स्थलमा रहेको पानी लगाएत पहिरोको अवस्था पहिचान गर्न सकिने आवश्यक सबै लिएर गएका छन् । पहाड खसेर कालिगण्डकी थुनिएलगत्तै अन्र्तराष्ट्रियस्तरबाट भूकम्प प्रभावित नेपालीलाई उद्धार गर्न आएको टोलीले समेत हेलिकप्टरबाट अवलोकन गरेको थियो । भूकम्पपछि नेपालमा जथाभावी ड्रोनको उडान हुन थालेपछि नेपाल सरकारले प्रतिबन्ध लगाएको थियो ।
केही दिन अगाडी मात्रै अनुमति र कामको प्रकृति हेरेर उडान गर्न दिने निणर््ँय गरेलगत्तै जापानी टोलीले बैसरीमा प्रयोग गरेको छ । ड्रोन उडानको क्रममा बैंसरीमा पुगेका सर्वसाधारण्ँ, प्रहरी, नेपाली सेना, पहिरो पिडितले नजिकबाट अवलोकन गरेका थिए । म्याग्दीमा पहिलोपटक प्रयोग गरिएको ड्रोनबाट लिइएको फुटेज र परिÔण्ँले जोखिमविन्दुको पहिचानमा मद्दत पुग्ने जनाइएको छ ।
तस्विरहरुः पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसीको फेसबुकबाट
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment