जितबहादुरले बनाए तामाको धरहरा

बागलुङ, असार १४ । बैशाख १२ गते गएको महाविनासकारी भुकम्पका कारण देशको गौरब र गाथा बोकेको एतिहासिक धरहरा ध्वस्त भयो । 

धरहरा मात्रै नभएर एतिहासिक महत्वका सयौं मठ मन्दिरहरु पलभरमा नै भग्नावशेषमा परिणत भए । देशको गौरब र गाथा बोकेको एतिहासिक धरहरा ध्वस्त भएपछि धरहराको सम्झनामा पर्वतका जितबहादुर विकले धराहरकोको प्रतिमा बनाएका छन् । विकले तीन दिन लगाएर तामाको ९ तले धराहराको प्रतिमा तयार पारेका छन् । ठानामौला गाविसका विकले एक केजी तामाको प्रयोग गरेर उक्त धरहराको प्रतिमा बनाएको बताएका छन् । 

सदमुकाम कुश्ममा पर्वत तामा फलाम सामाग्री मर्मत केन्द्र सञ्चालन गर्दै आएका विकले  नेपालको ऐतिहासिक धरहरा भत्किएर निराश भएका पर्वतवासीलाई धरहराको सम्झना गराउन उक्त धरहरा वनाएको उल्लेख गरे । विकले तामाको धरहारा निर्माण गरेपछि यतिबेला हेर्नेको घुइँचो त लागेको छ अर्डर गर्नेहरुको समेत भिड लागेको उनी बताउाछन् । १ केजी तामाको पाता वाट तयार गरिएको यो धरहरा लाई विकले कच्चा पदार्थको रु १००० र  ज्याला रु २००० गरी ३ हजार हजारमा उपलब्ध गराउन सकिने बताएका छन् । 

तयार भएको धरहरा घर, अफिस, विद्यालय, होटलमा  सजाएर राख्न मिल्ने भएको हुदा अर्डर अनुसार विभिन्न साईजमा बनाउन सक्ने उहाँको तर्क छ  ।  जितबहादुर विकले लामो समय देखि ग्रामिण क्षेत्रमा तामाका विभिन्न भाडाकुडा सजावटका सामानहरु बाजाका सामान बनाउँदै आएका थिए भने अहिले पराम्परागत पेशालाई पेशाका रुपमा सञ्चालन गर्दै आएका छन् । विसं १८३२ मा भिमसेन थापाले निर्माण गरेको धरहरा ६१.८८ मिटर अर्थात् २०३ फिट अग्लो थियो ।  धरहरामा २१३ वटा सिढीं थिए ।  १९९० सालको भुकम्पका कारण केहि भाग ध्वँस्त भएता पनि २०७२ साल बैशाख १२ गते गएको भुकम्पका कारण भने पूर्ण रुपमा ध्वस्त भएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment