वर्वादीलाई आवादीमा बदलौ

देवबहादुर श्रेष्ठ . 
समय वलवान छ । कसैले सोचेको पनि थिएन होला २०७२ सालको नयाँ वर्षको शुरुवात बैशाख महिनाको १२ गते ठिक १२ वजेको १ मिनेटको महाभुकम्पले नेपाल र नेपालीको ठूलो वर्वादी गर्दछ भनेर । भयो त्यस्तै कहिले काही नोसोचेको कुरा  भैदिन्छ । यो लेखकले भुकम्पको दिन विहान ९ वजे काठमार्ठौ सुन्धाराको वाटो हुदै जाँदा सिंगो उभिएको धरहरा र वसन्तपुरमा जम्मा भएका हामी हजारौ लायन्सले देखेको मठमन्दिर त्यही दिनको १२ बजे चकनाचुर भएर ढल्यो ।
काठमाडौ मात्र होईन देशको सम्पूर्ण मात्रमा त्यस दिनको भुकम्पल हल्लायो । एकै छिनमा काठमाडौ, ललितपूर र भक्तपूरमा मल्ल कालिन समयमा वनाईएका धेरै मठमन्दिरहरु भत्कन पूगे हाम्रा पूर्खाहरुले वडो मेहनत गरी धेरै कलाकार र्मुिकार र राजा महाराजाहरुको सत संकल्पमा वनाईएका ती कलात्मक दरवारहरु अहिले विभत्स रुपमा नांगिन पुगेका छन् । भुकम्पले धेरै धनजनको क्षती भयो । हेदा हेर्दै कतिले आफ्नो परिवारका सदस्यहरु गुमाए । कतिले धार्मिक कार्यक्रम गर्दा गर्दै आफन्तलाई गुमाए । कतिले ज्वाई छारीलाई विवाहको सिन्दुर सुक्न नपाउदै संसारबाट विदा गर्नु पर्‍यो । कतिका गोठका गाई भैसी बाख्रा कुखुराहरु पनि यो भुकम्पले सरखाप पारे । भुकम्पको खवरले हरेक नेपालीको आखाँमा आसु  रसाएर आयो ।
हिसाव गर्दा १९९० को महाभुकम्प पछि झण्डै ८२ वर्षको अन्र्तरालमा फेरी महाभुकम्प आयो । हुनत हामीले जाने सम्म नेपालमा २०३७ सालमा सुदुर पश्चिममा र २०४५ सालमा पूर्वाञ्चलमा पनी भुकम्पले धेरै धन जनको क्षति भएको हो । त्यस वेला पनि हामि सवै नेपाली र रडक्रस लगाएत अन्य विदेशि दातृ संघ संस्थाले प्रयाप्त मात्रमा सहयोग गरेका हुन । अहिले आएको महाभुकम्फे सर्व व्यापी रुपमानै वर्वादी गर्‍यो । सवै नेपालीको मन मुटुमा यसले छोयो ।
विश्वमा भुकम्प आउने क्रम जारी छ । भुकम्प कहिले आउछ त्यो पूर्व अनुमान आज सम्म कुनै वैज्ञानिकले पत्तो लगाउन सकेका छैनन् । प्रकृति वाट उत्पन्न हुने कतिपय आपतलाई हामी देीवक प्रकोपको संज्ञा दिएका छौ । पृथ्वीमा दैविक शक्ती छ । भगवान छैन, दैविक शक्ती छैन भन्नेहरुको संख्या पनि यो धरालमा छ । तर जस्तो सुकै नास्तिक व्यक्तीहरुल पनि आपत विपत पर्दा हे ईश्वर मलाई वचाई देउ भन्दछन् । फेरी प्रकृतिनै भगवान हो ।
हामि विवेक भएका मनुश्यनै हो । अहिले विश्वलाई  नियालेर हेर्दा विशव एउटा सानो देश जस्तो भएको छ । कुनै देशमा कुनै घद्दटना भयो भने तुरुन्त विश्वका विभिन्न देशको सहयोग सद्धाव गर्ने वातावरण वन्न पुग्दछ । नेपालमा गएको महाभुकम्पलाई ध्यान दिएर तत्काल हाम्रा छिमेकी देशहरु भारत, चीन, भुटान, जापान, अमेरिका लगाएत युरोपिएन मुलुकले तत्काल सहयोग पुर्‍याउन राहत सामाग्रीको साथसाथै आफ्ना साधन र प्राविधिक  टोलीहरु पठाएर देशका राजधानी काठमाडौ लगाएत कुना काप्चामा वा गाउ घरमा फसेका लाशरु तथा घाईतेहरु निकाल्ने काममा ठूलो सहयोग गर । विसौ हेलिकप्टर, ठूला ठूला हवाईजहाज, राहतका सामान लिएर त्रिभुवन विमानस्थलमा राख्ने काम गरियो र मैले सुनेको थिए १९९० सालको महाभुकमपको समयमा वाहिरी देशवाट कुने सहयोग प्राप्त भएको थिएन । राणा सासनको त्यो समयमा स्वयम राणा सरकारले त्यति ठूलो महाभुकम्पको वन्दो वस्त कसरी गर्‍यो होला जुद्ध समसेरको हुकुमी  शासनले पनि आम जनताको घर दैलोमा राहतको सामान पुर्‍याएर राहत दिनुको साथै आफ्नो काम आफै गर्नु पर्दछ भन्ने भावना अनुरुप राणाहरुको आफ्नै  ढिकुटी वाट सहयोग पुर्‍याएको र पुनर निर्माण गर्ने कार्यमा पनि ठूलो धनरासी खर्च गरेर  सडकमा थुप्रै घरहरु निर्माण गरेको देखन पाईन्छ । 
महाभुकम्पले पक्कै पनि ठूलो धनजनको वर्वादी भयो । धेरै नेपालीहरु र विदेशी पर्यटकहरुले पनि आफ्नो ज्यान गुमाए । हजारौ व्यक्तीहरु घाईते भए । काठमाठौ पोखराका सम्पूर्ण  अस्पतालहरु घमईतेहरुले भरीएको छ । स्वास्थ्इ क्षेत्रका तमाम डाक्टर, नर्स, स्वास्थ्य कर्मीहरु अहोरात्र घाईतेहरुको सेवा गर्न खटीएका छन् । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र तमाम सामाजिक संघ संस्थाका नेपालीहरु लगाएत देश विदेशका व्यक्तीहरुले यो महाभुकम्पमा उद्धार गने कार्यमा आज सम्म खटिएका छन् ।
महाभुकम्पले पुर्‍याएको यो ठूलो वर्वादीलाइ अव हामी सवैको ठूलो पाठको रुपमा लिनु पर्दछ । नेपाली मात्रामा पर्न गएका यो शोकलाई शक्तीमा परिणत गरौ । अव हरेक नेपालीहरु रोएर, झोकाएर, चिन्ता गरेर यो समस्याको समाधान हुदैन ।  भुकम्पमा जसलेजीवन गुमाए तिनको आत्माको चीर सान्तीको कामना गरौ । जुन परिवारमा घाइते भए उनको सुस्वास्थ्यको कामना गरौ । ढिलो नगरौ अव फेरी सरकार जनता सव एकै भएर नया सोच गरौ । बर्वादीलाई आवदिम वदलौ । देशको वेटलाई भुकम्प पिडीत क्षेत्रमा प्राथमिकताको साथमा राखौ ।  पहिलो प्रथामिकता भनृको गास, वास र कपास
देवबहादुर श्रेष्ठ
नै हो  अव बनाउने घर गोठ भुकम्प आएपनि नढल्ने सानो वनाउने शहर वजारमा वनाउने ठुला ठूला घर तथा महलहरु पनि प्राविधिकको सल्लाह लिएर धरातलले भुकम्प आएपनि नढल्ले वनाउने काम गरौ । महा भुकम्पवाट भएको धन जनको क्षतिवाट पाठ सिकौ । आफु पनि वाचौ अरुलाई पनि वचाउने वातावरण सृर्जना गरौ ।
नेपाली जनताको लागि अव नव चेतनाको विकास गरौ । सवै नेपाली वाच्न सक्ने वातावरणको सृजना गरौ । सिंहदरवारमा बसेर सरकार चलाउनेहरुले, गोरखा, सिन्धुपाल्चोक, रसुवाको र भुकम्प पिडित जनताहरुको मन मष्तिकलाई वुझ्ने प्रयास गरौ । ठूला ठूला नेताहरुले पनि  आफू जन्मेका हुर्केको    जन्मस्थानलाई स्मरण गर्रौ । अव साच्चैनै  नेपाल आमाको मुहार हसिलो वनाउन अवको १० वर्ष ईमान्दारीपूर्वक सवै नेपाली देश विकासमा लाग्न जरुरी छ । सवै लाग्यो भने हामीले वर्वादीलाई आवदीमा वदल्न सक्छौ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment