विद्यालय पोशाक तथा कम्प्युटर वितरण

बागलुङ, जेठ २३ । विश्व वातावरण दिवस तथा १६ औं सप्ताहव्यापी राष्ट्रिय सरसफाई दिवसका अवसरमा विद्यालय पोशाक तथा कम्प्युटर वितरण एक कार्यक्रम बीच सम्पन्न भएकोछ ।
रोटरी क्लब अफ बागलुङ, सिवाईसी नेपाल, बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना र कन्सर्न नेपाल र ओम वस्त्रालयको सहयोगमा तित्याङ गाविस वडा न. ९, साल्बोट स्थित शिवालय प्राथमिक विद्यालयमा अध्ययनरत ६८ विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो ।
सोही अवसरमा विद्यालय परिसरमा सरसफाई र विद्यालयलाई ३ थान कम्प्युटर जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, रोटरी क्लब अफ बागलुङका अध्यक्ष केवि शाही र सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्माले संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रमा अशोकगोविन्द राजभण्डारी, केवि शाही, चण्डिप्रसाद शर्मा, तित्याङ माविका प्रअ कुमार शर्माले मन्तव्य राख्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रअ घनश्याम खत्री र संचालन सिता शर्माले गर्नुभएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment