भूकम्प सम्बन्धी साांस्कृतिक जनचेतना

राम थापा अविरल, 
बागलुङ, जेठ २३ । भूकम्पले निम्ताएको त्रास न्युनीकरण गर्न र भूकम्प सम्बन्धी जनचेतना बढाउन बागलुङमा साास्कृतिक कार्यक्रम गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सुरु गरेको भूकम्प सम्बन्धी साांस्कृतिक जनचेतना अभियान शनिवार यहाा आइपुगेको हो । 
स्थानीय लोकतान्त्रिकचोकमा भएको कार्यक्रममा कलाकारहरुले भूकम्पको अनुभव समेटेर सिर्जना गरिएका गीत, कविता प्रस्तुत गरेका थिए । भूकम्पपछि जनमानसमा रहेको त्रास र डर हटाउन मनोरञ्जनात्मक प्रस्तूतिसागै भूकम्पसम्बन्धी जनचेतना फैलाउने खालका गीतहरु पनि प्रस्तुत गरिएको थियो । 
सो अवसरमा अलिमियाा लोक वाङ्मय प्रतिष्ठान, भ
क्ती सङ्गीत, सप्तरङ्गी साास्कृतिक प्रतिष्ठान, त्रिवेणी संगीतालय र प्राचिन नृत्य प्रशिक्षण केन्द्र पोखराका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । प्रतिष्ठानले स्थानीय संस्था र प्रतिभाहरु समेटेर अभियान चलाएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले बताउनुभयो ।
‘मुल आयोजना प्रतिष्ठानकै हो, हामी जहाा पुग्छौ त्यहााका स्थानीय संस्थाहरुलाई सहयोगीको रुपमा लिएर अभियान चलाइरहेका छौं’ श्रेष्ठले भन्नुभयो ‘प्रतिष्ठानले पश्मिाञ्चलका ५० वटा स्थानमा यस्तो साास्कृतिक अभियान एकैसाथ चलाइरहेको छ ।’ उहााले भूकम्पबाट प्रभावित क्षेत्रका बालबालिकाहरुको लागि नाट्य थेरापी मार्फत् त्रासमुक्त गराउने प्रयास समेत गरिएको जानकारी दिनुभयो । 
नेपाल साधै भूकम्पीय जोखिममा रहेको मुलुक भएका कारण भूकम्प सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको कुलपति श्रेष्ठले बताउनुभयो । कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, हनिफ मियाा, पदमराज ढकाल, खिम गुरुङ, अमन गुरुङ, नवराज वराल, तारा गुरुङ, रोशनी गुरुङ लगाएतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 
धवलागिरी र गण्डकी क्षेत्रमा प्रचलित मौलिक लोकलयका गीत र नृत्य पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । अभियान अन्तर्गत पाल्पा, गुल्मी, स्याङ्जा लगाएतका जिल्लामा कार्यक्रम भइसकेको समेत प्रतिष्ठानले जनाएको छ । कास्की, लमजुङ, गोरखा लगाएतका जिल्लामा नाट्य समूहसहितको साास्कृतिक समूह पुग्ने तयारी गरिरहेको कुलपति श्रेष्ठले जानकारी दिनुभयो । 
प्रतिष्ठानले शनिवार पर्वतको कुश्मामा पनि साास्कृतिक कार्यक्रमको आयोजना गरेको जनाइएको छ । कार्यक्रम सफल पार्न स्थानीय रुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, बागलुङ नगरपालिका कार्यालय, उद्योग वाणिज्य संघ लगाएतले सहयोग गरेको थिए । भूकम्पपछि पहिलोपटक भएको साास्कृतिक कार्यक्रम स्थानीयले रुचीपूर्वक हेर्दै रमाएका थिए ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment