बागलुङमा ४० प्रतिशत मात्र बिकास बजेट खर्च

रबिना बोहरा, 
बागलुङ, असार ८ । आर्थिक वर्ष सकिन केही हप्तामात्र बााकी रहादासम्म बागलुङमा विकास बजेट खर्च हुन सकेको छैन । बागलुङ जिल्लामा सरकार मातहतका ४८ सरकारी कार्यालयहरुले विकास बजेट खर्च गर्न नसकेका हुन् । जिल्लामा असार मसान्तसम्म खर्च गर्नेगरी आएको बजेट मध्य अहिलेसम्म ४० प्रतिशत मात्र विकास बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । 

जिल्लामा विकास बजेट खर्च हुन नसकेपनि चालुतर्फको बजेट भने लगभग सकिनै लागेको छ । जिल्लामा चालु आर्थिक वर्षमा विभिन्न कार्यालयहरुमा ९४ करोड ८१ लाख ४७ हजार एक सय ६० रुपैयाा पुाजीगत बजेट आएपनि अहिलेसम्म ३८ करोड ५५ लाख ८ हजार ८ सय ८४ रुपैयाा मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका कोष नियन्त्रक तथा सूचना अधिकारी महादेव सापकोटाले बताउनुभयो । 

पुाजीगत बजेट ४० प्रतिशत मात्र खर्च भएको जिल्लामा चालुतर्फ भने ८८ प्रतिशत भन्दा बढी खर्च भइसकेको सापकोटाले जानकारी दिनुभयो । जिल्लामा चालु आर्थिक वर्षका लागि २ अर्व ६१ करोड ११ लाख ७८ हजार ७९५ रुपैया बजेट आएको थियो । उक्त बजेटबाट २ अर्व ३० करोड ५२ लाख ६३ हजार ४१७ रुपैयाा खर्च भइसकेको छ । 

मन्त्रालयबाट समयमै खर्चको अख्तियारी प्राप्त नहुने, बजेट ढिला आउने र टेन्डर प्रक्रिया झन्झिटिलो भएका कारण बजेट खर्च हुन नसकेको सापकोटाको भनाई छ । आर्थिक वर्ष सकिन अझै केही समय बााकी रहेकाले कुल बजेटको ६० प्रतिशतसम्म खर्च हुन सक्ने उहााले बताउनुभयो । ‘काम गर्ने समय अझै केही दिन बााकी छ, सबै काम अन्तिममा गर्ने प्रचलनपनि रहेकाले ६० प्रतिशतसम्म रकम खर्च हुन सक्छ, ४० प्रतिशत रकम फ्रिज हुने देखिएको छ ।’ सापकोटाले भन्नुभयो । 

साना साना विकास निर्माणका योजनाहरु हुने गरेका जिल्ला विकास समितिको कार्यालय बागलुङमा १९ करोड ४९ लाख ७५ हजार रुपैया बजेट आएकोमा अहिलेसम्म १० करोड ६९ लाख २७ हजार ३ सय ९८ रुपैयाा मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । यस्तै २५ करोड बढी बजेट भएको सडक डिभिजन कार्यालय र १६ करोड बढी बजेट भएको भवन डिभिजन कार्यालयले पनि भनेजति खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङले जनाएको छ । 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment