धवलागिरिको सांस्कृतिक सम्पदाको एक समीक्षा

म बागलुङमा रहँदा हाम्रो क्षेत्रका मठ–मन्दिर वा अन्य सांस्कृतिक सम्पदाहरूको बारेमा बाहिरी जगत्लाई चिनाउन पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर ‘धन हुनेहरूको मन हु“दैन, मन हुनेहरूको धन हु“दैन’ भन्ने नेपाली उखानअनुसार मेरो केही पनि क्षमता नभएकोले खुम्चिएर बसेको थिए“ । तर २०३५ सालमा विद्यामन्दिर मा.वि. (हाल उच्च मा.वि.) मा मैले अध्ययन गर्दाखेरी नै एकोहोरो रूपमा मैले आदरणीय श्रीप्रेम छोटाज्यूलाई चिनेको थिए“ र बागलुङमै २०४५ सालदेखि बसोबास भएपछि व्यापारिक हिसावले पनि उहा“स“ग घुलमिल हुने अवसर भएकोले गुरुजी पाङ्को “भुवनोदुलो” र खनियाघाटको “शुकलेश्वर मन्दिर” हेर्न जाउ“ भनी बारम्बार भनिरहन्थें । वि.सं. २०५० साल चैत्र ६ गते म, उहा“, उहा“की धर्मपत्नी र छोरीसमेत अर्मादीसम्म बसबाट यात्रा गरेपछि उकालो लागि गाईखुरे चौतारो हु“दै माथि आयौं र मेरो घरमा एकछिन् बसी पुनः यस ठाउ“का त्यतिखेर हामीस“ग जान उत्सुक अन्य १०-

केदारनाथदास
१२ जना स्थानीयबासीसमेत लिई भुवनोदुलो हेर्न गयौं र हे¥यौं । त्यसपछि हामी चार जना मात्रै खनियाघाटको मन्दिरको दर्शन गरेर सा“झमा बागलुङ फर्कियौं ।
त्यसपछि उहाले ती दुई ठाउ“को बारेमा लेख लेखीहाल्नुु भयो र टाईप गराई एक–एक प्रति मैले लिए“ । तत्पश्चात् २०५१-०१-०९ देखि १-११ सम्म काठमाडौंमा “नवौं राष्ट्रिय उत्कृष्ठ घरेलु उद्यमी पुरस्कार कार्यक्रम”मा म भाग लिन जा“दा १२ गते नै छोटाज्यूको सल्लाह अनुरूप नै रेडियो नेपालमा गएर ‘लोक सांस्कृतिक कार्यक्रम’का संचालक पुरुषोत्तम दाहालज्यूलाई ती लेखहरू दिंदा अत्यन्तै खुसी हु“दै रेडियो नेपालका सबै मेशिनहरू देखाउनुभयो र म फर्केर बागलुङ आए“ । अनि २०५१ को वैशाख महिनाको अन्तिम हप्तातिर (मिति ठ्याक्कै थाहा भएन) विहान ८ बजेको अंग्रेजी समाचारपछि र अर्को दिन दिउ“सो २ बजेको समाचारपछि भुवनोदुलोको बारेमा रेडियो नेपालबाट उक्त लेख प्रसारण भयो । त्यस समयमा मलाई यस्तो खुसी लागेको थियो कि दुनियँ“मा कसैले नगरेको काम मैले गरें ।
अनि बिस्तारैै–बिस्तारै त्यो गुफाको चर्चा–परिचर्चा स्थानीयबासीले गर्दै गएर छिटफुट रूपमा बाहिरबाट समेत मान्छे आउ“न लागेका र समय–समयमा गुफामा भेलासमेत हुन लागेका छन् तथा गुफा प्रचार–प्रसार समिति समेत गठन गर्नुका साथै माथिको भागबाट गुफामा जान ढुंगा छापी बाटोसमेत बनाएकोले यो राम्रो पक्ष भएकोले श्रीप्रेमछोटाज्यू र मैले उहा“हरूलाई धन्यवाद दिन चाहन्छौं । तर माथि उल्लेख भइसकेको श्रीप्रेम छोटाज्यू, पुरुषोत्तम दाहालज्यू र रेडियो नेपालको योगदानलाई किन स्मरण वा उच्चारण गर्न यहा“का व्यक्तिले चाह“दैनन् ? यो भने आश्चर्यको कुरा भएको छ १ 
अर्कोतर्फ शुक्लेश्वर मन्दिरको लेखमार्फत् जुन सुझाव लेखकज्यूले दिनुभएको छ, त्यसमा वैधानिक रूपमा संस्था दर्ता गर्ने, पुरानो भिंmगटी हटाई तामा पाताले छानो छाउ“ने कार्य ०५१÷०५२ तिर नै गरिसकिएको छ । यसमा पाङ्गौंडा (खरिदारटोल) का सबै रेग्मी बन्धुहरूले आ–आफ्नो हैसियतअनुसार आर्थिक सहयोग गरेको भएतापनि अध्यक्ष पं. श्रीकेशवप्रसाद रेग्मी र सचिव हाल करँगे–४ अमुवा रूपन्देही बस्ने श्रीदुर्गाप्रसाद रेग्मीले बढी दौडधुप गर्नु परेको थियो । उहाहरूलाई नाग्लीवाङ्का श्रीभिमबहादुर रेग्मी र श्रीयोगेन्द्रबहादुर रेग्मीले सहयोग गरेको पाइन्छ भने हाल ३, ४ वर्ष अघिदेखि भाई श्रीबाबुराम रेग्मी अध्यक्ष भई मोटामोटी गुरुयोजना नै तयार गरी पुरानो पर्खाल भत्काई नया“ बनाउने र अर्को एउटा नया“ सत्तल समेत बनाउने कार्य खरीदारटोलका नै रेग्मी बन्धुले पुनः आ–आफ्नो हैसियत अनुरूप आर्थिक सहयोग गरी निर्माण कार्य भएको छ र कैयांैं रकम ऋण समेत लिएर कार्य भएको छ । यसमा अधुरा कार्यपुरा गर्न तत्कालीन विचारी बाजेका नाग्लीवाङ्का रेग्मी बन्धु, मेजर हुनुभएका बाजेका खुर्कोटका रेग्मी बन्धु, खनियाघाट आसपासका धर्मानुरागी अन्य र अन्यत्रका जोसुकै धर्मप्रेमीबाट अधुरो कार्य पुरागर्नका लागि आर्थिक सहयोग र प्रचार– प्रसारको लागि “मिडिया जगत्”लाई अनुरोध गर्न चाहन्छु । 
यसको साथै लेखकज्यूले यस पुस्तकको शुक्लेश्वर मन्दिरको बारेमा पृष्ठ ११७ को ३४,३५ र ३६ हरफमा कालीगढको हात काटिएको प्रसंगमा काठमाडौं हनुमान् ढोकाको उत्तरदिशामा निर्मित जगन्नाथ मन्दिरभन्दा पनि राम्रो काठमाडौं उपत्यका बाहिर बनायो भनेर त्यसबेलाका काठमाडौंका शासकले हात काटेको जनश्रुती यहा“ जोड्न चाहन्छु । अनि समीक्षाको भूमिका भन्दा अन्य प्रसंग लामो भयो भन्ने भ्रम पाठकलाई पर्न सक्ने ह“ुदा यस कृतिको सम्पूर्ण सम्बन्ध लेखकज्यूको भएपनि शुक्लेश्वर मन्दिर र भुवनेश्वरी गुफाको सवालमा म पनि वहा“को सहयात्री भएकोले माथि उल्लेख भएको व्यहोरा उल्लेख नगरेमा समीक्षाको भूमिका अधुरो नै हुने हु“दा लामो हुन गएको कुरा अनुरोध गर्न चाहन्छु । 
अर्को सवालमा लेखकज्यूको यस “कृति” यही पुण्यभूमिको सेरोफेरोमा वर्णित भएकोले यस भूमिको बारेमा कैयौं माला ग“ुथेर लगाई कृतिलाई झलझली पारी सम्पुटित त बनाउनुभएकै छ, सो सम्पुटित माला माथि यस भूमिको बारेमा मैले पनि दुई–चार कुरा उल्लेख गर्दा बस्तुपरक हुनेछैन, झनै मालामथि पगरी हुनेछ भन्ने अभिप्रायले सनातन कालदेखि भएका र स्थापना भएका अनि पछि यस अञ्चलका पूर्वजहरूले स्थापना गरेका मठमन्दिर तथा गुम्बाहरूको बारेमा र अन्य भूमिको बारेमा लेखकज्यूले सम्भब भएसम्म प्रष्ट पार्नु भएको भएपनि मैले थप यो जानकारी गराउन चाहन्छु कि कृष्णागण्डकी, शालिग्राम भगवान् र अन्य स्थानको बारेमा कसैले पनि वर्णन गर्न सकिंदैन, सकिंदैन भनेर वर्णन गर्नपछि हटांैं भन्ने होईन, आ–आफ्नो क्षमताअनुरूप केही न केही ज्ञानवर्धक कुरा सर्वसाधारण जनताका सामु ल्याउ“न सबैले कोसिस गर्नुपर्छ । यसैले अन्य पुराणहरूमा पनि यस भूभागको वर्णन आउ“छ भने वराहपुराणमा चितवन जिल्लाको त्रिवेणी (वाल्मीकि आश्रम), नवलपरासीको गजेन्द्र मोक्षधामदेखि दामोदरकुण्डसम्मको भाग, कृष्णागण्डकी र शालिग्राम भगवान्को महिमा वर्णन गर्दा स्वयं भगवान् व्यास थाक्नुभएको छ । मैले थप कुरा यो लेख्न चाहन्छु कि त्रिवेणी, देवघाट, राम्दी, रिडी (रुरुक्षेत्र), रुद्रवेणी, हिलेबाबाको तपोस्थली ठूलो लम्पेक गा.वि.स. गुल्मीको पाहादी घाट, मिर्मि, सेतीवेणी, पुर्तिघाट, जैमिनीय (जिमीर) घाट, मोदीवेणी, अर्मादी आसपासको क्षेत्र, सहस्रधारा, माले–मालढुंगा पारीको खुजुर्के, खनियाघाट, निरहेघाट, वेनी, गलेश्वरधाम र आसपासका क्षेत्र, घारखोला हु“दै कागवेनी, मुक्तिनाथ, दामोदरकुण्डको भूभाग मात्रै पवित्र होइनन् कि यस भूभागमा साना–साना जरुवा, कृष्णागण्डकीमा मिसिने क्षेत्र पनि उत्तिकै ठूला नदीनाला मिसिने क्षेत्रसमान पवित्र छन् । अर्कोतर्फ पद्मपुराणमा पार्वतीजीको प्रश्नमा भगवान् शंकरले उत्तर दिनुहुन्छ कि हे पार्वती १ यी कृष्णागण्डकी सानो र भगीरथ गंगा ठूलो भनेमा महाअपराध लाग्छ । दुवै नै बराबर छन् भने यस गण्डकीका शालिग्रामलाई भगवान् मान्ने तर अन्य पत्थरलाई पत्थर भनेमा पनि महाअपराध लाग्छ, किनकि यहा“का सबै पत्थर शालिग्राम भगवान् हुन् भन्नुभएको छ । यसको साथै जसलाई रामायणको जानकारी छ, उनीहरूलाई भन्दा अन्य जनसमुदायलाई यो भूमिको थप जानकारी गराउ“न चाहन्छु कि जब राम–रावणको युद्ध हु“दा रावण पुत्र मेघनादस“ग लक्ष्मणजीको भिषण युद्ध हु“दा मेघनादले वीरघातिनी शक्ति चलाउँनाले लक्ष्मणजी मुर्छामा पर्नुभयो र जाम्बवान्ले सुषेण वेद्यलाई लिन पठाएर लंकाबाट लिएर आएपछि सुषेण वैद्यले हनुमान्जीलाई हाम्रै धवलागिरि हिमालबाट संजिवनी बुटी ल्याउन भनेर हनुमान्जीले हाम्रो हिमाललाई लिएर जानुभयो– देखा सैल न औषध चीन्हा । सहसा कपि उपारि गिरि लिन्हा ।। दो. ५७।४ चौ.लं.का. । हनुमान्जीले हिमाललाई देख्नुभयो, तर औषधी चिन्न सक्नुभएन । त्यसपछि हनुमान्जीले एकाएक पर्वतलाई नै उखेल्नुभयो ।(औषधि नै हनुमान्जीलाई देखेर लुके । दोस्रो कारण कुन औषधी लैजान ठीक हुने सर्वोषधिमध्ये स्वयं वैद्यले नै निकाल्ने छन् भनी पर्वतलाई नै उखेल्नुभयो, यस्ता अमूल्य जडीबुटी छन्, हाम्रो देश नेपाल र यस अञ्चलमा ।) दोस्रो प्रसंग जब रघुनाथजीले रणलिला गर्नुभयो मेघनादको हातबाट नागपाँसमा बा“धिएपछि गरुडजीलाई विभिन्न कुतर्क उत्पन्न भयो र त्यो कुतर्कलाई मेटाउनका लागि सर्वप्रथम उनी अत्तालिएर देवर्षी नारदस“ग गए, नारदजीले ब्रह्माजीस“ग पठाउनुभयो, ब्रह्माजीले शंकरजीस“ग पठाउनुभयो र शंकरजीले काकभुशुण्डीजीस“ग त्यतिखेर पठाउ“दा यसरी हाम्रो भूभाग नीलगिरिको वर्णन गर्नुहुन्छ– मिलहिं न रघुपति बिनु अनुरागा । किएँ जोग तप ग्यान बिरागा ।। उत्तर दिसि सुंदर गिरि नीला । तहँ रह काकभुसुंडि सुसीला ।। (उ.का. ६१÷१÷ चौ.) प्रेमविना केवल योग, जप, ज्ञान र वैराग्यादिले श्रीरघुनाथलाई प्राप्त गर्न सकिंदैन, अतएव तिमी सतसंगको लागि त्यहीं जाऊ जहा“ उत्तर दिशामा एउटा सुन्दर नील पर्वत छ । उहा“ परम सुशील काग भुसुण्डीजी रहन्छन् ।।१।। 
‘उत्तर दिसि ................ सुसीला ।’ इति पहिल्यै भनिसकिएको छ कि ‘गिरि सुमेरु उत्तर दिसि दुरी । नील सैल एक सुन्दर भूरी’, (उ.का.दो ५५÷४ चौ.) (जुन पार्वतीजीस“ग भनिएको थियो ।) त्यसैलाई यहा“ पनि भनिएको छ । भारतवर्षको दक्षिणमा पनि एउटा निलगिरि छ । त्यसको ग्रहण (भ्रम) नहोस् यसैले उत्तर दिशा लेख्नुहुन्छ । ‘दूरि’ लेख्नुभएको भाव यो हो कि भारतवर्षको उत्तर किंपुरुषवर्ष छ र त्यसभन्दा पनि उत्तर हरिवर्ष’ छ ।  त्यो भन्दा पनि उत्तर इलावृतवर्षछ, जसको मध्यमा मेरु पर्वत छ । इलावृतपछि रम्यकवर्ष पर्छ । इलावृतवर्ष र रम्यकवर्षको सीमा नीलगिरि हो । यसैलाई भौमस्वर्ग भनिन्छ । यो धर्मात्महरूको निवास हो । यहा“ पापी कुनै प्रकारले पुग्न सक्दैनन्, यथा– ‘शैलानामन्तरे दूोणाःसिद्धवारण सेविताः । भौमा ह्यते स्मृताः स्वर्गा धर्मिणामालया मुने ।। नैवेषु पापकर्माणो यान्ति जन्मशतैरपि ।’ (मानषपीयूषबाट) अर्कोतर्फ लोमशऋषिस“ग हठ गरेर ऋषिले कौवा हुने श्राप दिनुभयो र पछि पुनः भगवान् रामको कृपा भुशुण्डीजीलाई प्राप्त भएपछि ऋषिले चुकचुकाउ“दै पुनः कागभुशुण्डीजीलाई यस्तो वरदान् दिनुभयो (सदा राम प्रिय होहु तुम्ह सुभ गुन भवन अमान । कामरूप इच्छामरन ग्यान बिराग निधान ।। (उ.का.दो.१३३÷क) तिमी सधंै श्री रामका प्रिय हुनेछौं र कल्याणरूप गुणहरूका धाम, मानरहित, इच्छानुसार रूपधारण गर्नसक्ने, इच्छामृत्यु जसको शरीर त्याग्ने इच्छा भएपछि मात्र मृत्यु हुने अन्यथा नहुने एवं ज्ञान र वैराग्यका भण्डार होउ ।। जेहिं आश्रम तुम्ह बसब पुनि सुमिरत श्रीभगवंत । ब्यापिहि तहँ न अबिद्या जोजन एक प्रजंत ।। उ.का.१३३(ख) यति मात्र होईन, श्रीभगवान्लाई स्मरण गर्दै तिमी जुन आश्रममा बस्नेछौ, त्यहाँ एक योजन (चारकोस) सम्म अविद्या (माया(मोह) ले ब्याप्त गर्ने छैन अर्थात स्पर्श गर्नेछैन । प्रलयको समयमा अविद्याकृत सबै पदार्थहरुको नाश हुन्छ, यहा“ योजन पर्यन्त अविद्या छैन, अतः यिनको नाश हुँदैन । यस्तो बरदानको प्रभावले शरिरविना भजन नहुने हु“दा आजसम्म पनि शरिर त्याग्नु भएको छैन र निरन्तर रूपमा रामायण सुनाउनु भएको छ । 
अनि काकभुसुण्डीजीले पुरै रामायण गरुडजीलाई सुनाइसकेपछि भन्नुहुन्छ–
इहा“ बसत मोहि सुनु खग ईसा । बीते कल्प सात अरू बीसा ।। (उ.का.दो.११३।५ चौं.)
हे पंक्षीराज म यहा“ बस्न थालेको २७ कल्प बिते । यस्ता–यस्ता अनेकौं ठाउ“ छन् यो हाम्रो देश नेपाल र धवलागिरिमा । यसैले यो भूमि तथा यस कृतिको वर्णन गर्न असमर्थ भएर बारम्बार पुलकित हु“दै यस भू–भाग तथा कृतिललाई नमन गर्न श्रेष्ठ सम्झन्छु । यस्तो भू–भागको बागलुङ बजारको किनाराटोलमा वि.सं. २००२ वैशाख १४ गते आमा रत्नकुमारी श्रेष्ठ, बाबु दिपबहादुरश्रेष्ठको पुत्रको रूपमा जन्मनुभएका श्रीप्रेमप्रसाद श्रेष्ठ पछि वि.सं. २०१६ बाट प्रेम छोटाले परिचित श्रीप्रेम छोटाज्यूको  लामो परिचय गराउ“न खोज्नु मेरो मूर्खता मात्र हुनेछ । किनकि उहा“ नेपालका मूर्धन्य साहित्यकारहरू मध्ये एक हुनुहुन्छ भने नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ समेत भइसक्नुभएको छ र वि.सं. २०१६ सालमा (१४ वर्षको उमेरमै) प्रथम कृति ‘असम्भव के ?’ कविताबाट लेखन कार्य शुरू गरेर आजसम्म विभिन्न लेख, कविता, कथा र विभिन्न अनुसन्धानमूलक लेख लेख्नुभएको र वहा“कै भनाईअनुसार यो “धवलागिरिको सांस्कृतिक सम्पदा” २८ औं प्रकाशित कृति हो भने अन्य थुप्रै अप्रकाशित कृतिहरू छन् । उहा“का कृतिहरू अध्ययन गर्ने समय त मिलेको छैन तर पनि उहा“का धार्मिक कृतिहरूमा बागलुङको बास्सा नाच, हनुमान् नाच, भक्तिसंगीत भजन र यस कृति पर्दछन् र मेरो विचारमा उहा“को धार्मिक कृति मध्ये यही “धवलागिरिको सांस्कृतिक सम्पदा” सबैभन्दा ठूलो कृति हुन सक्छ भन्ने मेरो अनुमान छ । किनकि यसमा लेखकज्यूले लेखकीय विचारअनुसार चारवटै जिल्लाको अनुसन्धानात्मक “लोक संस्कृतिपरक लोकगीत, लोकनृत्य, लोकपरम्परा, संस्कार, सामाजिक संगठन, आजा–पूजा, चाडपर्व, पौराणिक मठ–मन्दिर, देवीदेवालय, मेला–पर्व, तालतलैया, कुण्ड, धार्मिकस्थल, रितिरिवाज, स्थान विशेषको नामकरणसमेतको उत्पत्तिसम्बन्धी (यथासम्भव) परम्परागत रूपमा मानिआएका संस्कारहरूको विस्तृत किसिमले अध्ययन–अनुसन्धान” गरी हृदयस्पर्शी तथा हृदयहारी शब्दबाट यहा“ वर्णन गर्नुभएको छ । यसको साथै प्रथम खण्डमा परिचय, द्वितीय खण्डमा बागलुङ जिल्लाको वृत्त–चित्र, बागलुङ शव्दको व्युत्पत्ति र यसको नामकरण, बागलुङकी प्रसिद्ध कालिका भगवती मन्दिरः चैत्र दसैं, घण्टाकर्ण पर्वःसांस्कृतिक चाड र यसको महत्व, हनुमान् नाच–बागलुङको प्राचीनतम लोकसंस्कृति, गाजाको दहः यसको पौराणिक पृष्ठभूमि, बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी, ००७ सालपछिको सांस्कृतिक आकाशमा नाटकीय ईन्द्रेनी,  तिम्रो त हामी छौं हाम्रो को छ र ....?, कला र कृति स्वयम्मा देदीप्यमान् हुन्छ । बागलुङको लोकसंस्कृतिमा गाइजात्रा पर्व, संस्कृति र इतिहास आफंैमा जीवन्त हुन्छन्, बागलुङ (घोषणा, पौराणिक र सांस्कृतिक रूपमा संसारकोटको बारेमा अनुसन्धानमूलक लेख लेख्नुभएको छ । 
तृतीय खण्डमा पर्वत जिल्लाको वृत्तचित्र, पर्वत पाङको भुवनोदुलोः भुवनेश्वरी गुफा, चर्चा गुप्तेश्वरी गुफाको दर्शन स्वर्गलोक र व्रह्मलोकको, शुक्लेश्वर मन्दिरमा यौनजन्य अपूर्व कारिगरी, सहस्रधारा र यसको सांस्कृतिक पक्ष वर्णन गर्नुभएको छ भने चतुर्थ खण्डमा म्याग्दी जिल्लाको वृत्तचित्र, यसरी नुहाइन्छ म्याग्दीको तातोपानीमा, गलेश्वरधामको बालाचर्तुदर्शी पर्वले पशुपतिनाथको धीत मार्छ, पौलस्त्य आश्रम र जगन्नाथजीको मन्दिर, रूप्से छहराः तितर गाउ“की कठै विचरा, म्याग्दीको महारानीथान र डिम्बराजाको वर्णन गर्दै पञ्चम खण्डमा मुस्ताङ जिल्लाको वृत्तचित्र, मुस्ताङ शब्दको व्युत्पत्ति र यसको नामकरण, प्रसिद्ध मुक्तिनाथको मन्दिर र यसको महात्म्यता वर्णन गरेर षष्टम खण्डको उपसंहारमा सांस्कृतिक सम्पदाको दृष्टिमा धवलागिरि अञ्चल एक सङ्क्षिप्त परिचय, चारवटै जिल्ला अन्तर्गतका लोकसंस्कृतिहरू, परिशिष्टहरू र सन्दर्भसूचि वर्णन गर्नुभएको छ । 
यस्तो खोजमूलक धार्मिक कृति सानो–तिनो लगन वा परिश्रमले पुरा हुने विषय होईन, यसमा अत्यन्तै परिश्रम, दीर्घ समयसम्म संघर्ष गर्नुपर्ने, आर्थिक समस्या तथा विभिन्न बाधा–अवरोध पर्छन् । यस्तो कार्य पुरा गर्नलाई त जो भुक्तभोगी छ, उसैले मात्र जान्नेकुरा हो । भुक्तभोगीको एउटा प्रस· जुन पार्वतीजीलाई शंकर भगवान् पति पाऊ“ भनेर नारदले भनेपछि पार्वतीजीको तपस्याबाट शंकरजी विवाह गर्न प्रसन्न भई शिवजीको विवाहको समयमा आमाको मन छोरा–छोरीप्रति कतिको करुणामय हुन्छ र प्रसवपीडा कस्तो हुन्छ, त्यो अरूले जान्ने विषय होईन । शिवजीको स्वरूप देखेर मैनाजी अत्तालिएर मैनाजीले भनेको चौपाई यस्तो छ– साचेह“ु उन्ह कें मोह न माया । उदासीन धनु धामु न जाया ।। पर घर घालक लाज न भीरा । बा“झ कि जान प्रसव कै पीरा ।। (बा.का.दो.९६÷२ चौ.) सा“च्चै नै उनको न कोहिप्रति मोह छ, न माया ; न उनको धन छ, न घर नै र न स्त्री नै छ ; उनी सबै चीजबाट उदासीन छन् । यसकारण उनले अर्काको घर विगार्ने गर्दछन् । उनले न कसैस“ग लाज मान्दछन् न डराउ“दछन् नै । ठीकै हो, बाँझी स्त्रीले प्रसव (सुत्केरी) को पीडालाई के (कसरी) जान्ने ? 
अन्त्यमा यस्तो महान् कृति धौलागिरि अञ्चलका साहित्यकारहरूका मुकुट आदरणीय श्रीप्रेम छोटाज्यूले तयार गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुनु सबै नेपालीको गौरवको बिषय हो । यसैले श्री आदरणीय प्रेम छोटाजस्ता साहित्यकार नेपालमा हजारौँ जन्मिउ“न् र यस्ता कृति नेपालको हरेक ठाउ“को बारेमा लेखीएका कृति नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हु“दै जाऊ“न् साथै यस कृतिमा पाङको वारेमा धेरै नै कोणबाट लेखमा आएको र नेपालको ज्योतिष विद्याको केन्द्रस्थल पाङ भनेर चिनाउनु भएकोले हामी पाङ्बासीको लागि झनै गौरव तथा प्रतिष्ठाको बिषय बनेको छ । यो कृति प्रत्येक नेपालीको पोल्टामा पुगोस् र ७० वसन्त पार गर्न लाग्नुभएका आदरणीय साहित्यकार श्रीप्रेम छोटाज्यूको उत्साह अझै पनि २० वर्षीय युवा साहित्यकारको जस्तो फूर्तिलो होस,् यहि मैले शुभकामना प्रकट गर्न चाहन्छु ।
कुश्मा.न.पा.– ४, पाङ्गौंडा (खरीदारटोल) पर्वत
सन्दर्भ–सूची पुस्तकहरू  
१. गीताप्रेस, गोरखपुरबाट प्रकाशित नेपाली भाषाको “श्रीरामचरितमानस” (तुलसीकृत रामायण)
२. गीताप्रेसबाट नै प्रकाशित हिन्दी भाषाको मानष पीयूष (महाग्रन्थ) 
३. धवलागिरिका सांस्कृतिक सम्पदाहरू
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment