रुकुममा ५.४ रेक्टर स्केलको भूकम्प

बागलुङ, असार ५ । बागलुङको छिमेकी रुकुम जिल्लालाई केन्द्रबिन्दु बनाएर शनिबार सांझ भुकम्प गएको छ । सांझ बेलुकी ६ बजेर आठ मिनेट जांदा ५ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

बैशाख १२ र २९ गतेको भुकम्पपछि पटक पटक पराकम्पहरु जाने गरेको भएपनि आजको भुकम्प नयां भएको केन्द्रको भनाई छ । भुकम्पको महसुस रुकुम जिल्लाका छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो । भुकम्पको महसुसपछि बागलुङ बजारमा मानिसहरु दौडादोड गरेका थिए । 

केन्द्रका प्रमुख लोकविजय अधिकारीले रुकुममा गएको भूकम्पको वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध नभएको बतायउनुभो । यो भूकम्पबाट भएको क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन । 

शनिबार दिउँसो ४.२ को परकम्प
यस्तै शनिबार दिउँसो नै गोरखा र धादिङको सिमानामा केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको केन्द्रले जनाएको छ । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर माथिका ३ सय २६ वटा परकम्प गएका छन् । 
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment