एमालेका केन्द्रीय नेता पुगेर बनाइदिए ढकालको क्षतीग्रस्त घर

बागलुङ, असार ५ । बैशाख १२ र २९ को भुकम्पका कारण क्षती पुगेका बागलुङका विभिन्न गाविसहरुमा सुरु गरेको नेकपा एमालेले पुन:निर्माण अभियान जारी राखेको छ । अभियान अन्तरगत नेकपा एमालेका पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीना लगायत केन्द्रीय नेताहरुको सहभागितामा बागलुङको अमलाचौरमा घर पुन:निर्माण गरिएको छ ।
नेकपा एमाले अमलाचौर गाउं कमिटिको आयोजनामा भएको पुन:निर्माण अभियान अन्तरगत वडा नं. ६ का लोकेश ढकाल, कमला ढकाल, गोविन्द ढकाल र हरि ढकालको परिवार बस्दै आएको घर पुन:निर्माण गरिएको थियो ।

भुकम्पले घरमा क्षती पुराएपछि बाँसको टहरो बनाएर बारी तथा बाँसको रुखमुनी दैनिकी विताउँन बाध्य उनीहरुको परिवार पुन:निर्माणपछि घर फर्केका छन् । भुकम्पले माथिल्लो तलामा बढी क्षती पुराएपछि माथिल्लो तला भत्काएर एकतलामा बस्ने व्यवस्थापन गरिएको एमालेका नेता डाक्टर सूर्य पाठकले बताउनुभयो ।
पुन:निर्माण कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं धौलागिरि इन्चार्ज गणेश तिमिल्सिीनाले एमालेले दु:खमा परेका जनतालाई केही राहत होस भन्ने उद्देश्यले एमालेले पुन:निर्माण अभियान शुरु गरेको बताउनुभयो । भुकम्पछि एमालेले राष्ट्रिय अभियानकै रुपमा पुन:निर्माण अभियान जारी राखेको उल्लेख गर्दै बागलुङ जिल्लामा भएका पुन:निर्माणका कामहरुको प्रशंसा गर्नुभएको थियो । 

पुन:निर्माण अभियानमा तिमिल्सीनासंगै बैकल्पिक केन्द्रीय सदस्यहरु भुपेन्द्र थापा, गोविन्दबहादुर नेपाली, मनकुमारी केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश पौडेल, राजनीतिक संयोजक डाक्टर सूर्य पाठक, जिल्ला सदस्य डिल्ली आचार्य, पुर्व जिल्ला कमिटि सदस्य एवं पुर्व गाविस अध्यक्ष खेमप्रकाश पाठक, गाउं पार्टी अध्यक्ष गुरुदत्त पाठक लगायत गाउँ पार्टी कमिटि, अनेमसंघ, स्वयंसेवकहरुले ढकालको घर पुन:निर्माण गरेका थिए । 

घर पुन:निर्माणपछि घरधनी लोकेश ढकालले आफ्ना चार भाई छुट्टाभिन्ना भएपनि आर्थिक अभावका कारण एउटै घरमा बस्ने गरेकोमा भुकम्पले क्षती पुराएपछि परिवारलाई टाउको ओत्ने ठाउंसमेत नहुंदा समस्यामा परेको बताउनुभयो । उहांले आफ्नो पीडा बुझेर एमालेका कार्यकर्ताहरुले घरको पुन:निर्माण गरिदिएपछि केही समय ढुक्कसँग रात विताउन पाउने बताउनुभयो । 

एमाले अमलाचौर गाउं कमिटिले अस्थायी घर टहरा निर्माणमा भन्दापनि भत्किएका घरलाईनै व्यवस्थापन गरेर केही वर्ष बस्न मिल्नेगरी पुन:निर्माण गरेको गाउं कमिटि अध्यक्ष गुरुदत्त पाठकले बताउनुभयो । उहांका अनुसार अहिलेसम्म अलमाचौरमा ढकाल लगायत राम्री कमिनि, धनबहादुर नेपाली, मिना गायक, सिता परियार लगायतको घर निर्माण गरिसकिएको र अन्य केही घरहरु निर्माण गर्ने जानकारी दिनुभयो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment