नेपाली पिडित र पीडक भएको मुद्धा अन्तराष्ट्रिय अदालतमा जानु दु:खद्

सिर्जना पन्त, 
बागलुङ, जेठ २ । नेपाली पिडित र पीडक भएको मुद्धा अन्तर्राष्ट्रिय अदालत पुग्दा नेपाल पक्षराष्ट्र भएर हस्ताक्षर गरेका महासन्धीप्रति राष्ट्र गम्भिर नभएको सत्य निरुपण तथा मेलमिलाप आयोगले जनाएको छ । आयोगले बागलुङमा गरेको अन्तरक्रिया कार्यक्रममा आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले पक्षराष्ट्र भएर हस्ताक्षर गर्ने तर नेपालमा मुद्धाहरु अन्तर्राष्ट्रिय अदालतसम्म पुग्दा विश्वमा नेपाल महासन्धीमा गम्भिर नभएको सन्देश गएको बताउनुभयो । 

उहााले सशस्त्र द्वन्द्वको समाधानका लागि भएको विस्तृत शान्ति सम्झौतापछि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नुपर्नेमा नौं वर्षपछाडि मात्र गठन हुादा काम गर्न समस्या भएको समेत बताउनुभयो । गुरुङले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकार हनन्का घटनाहरुको सत्य तथ्य पत्ता लगाएर नेपालमै छिनोफानो गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली सेनाका कुमार लामाको मुद्धापछि नेपालले न्याय दिन नसक्ने सन्देश गएको उल्लेख गर्दै त्यसको समाधानका लागि छिटो भन्दा छिटो काम गर्नुपर्ने आफ्नो कर्तव्य भएको बताउनुभयो । गरुङले अपराधको अनुसन्धान समयमै नहुादा प्रमाणहरु नष्ट भईसकेको भन्दै ढिलै भएपनि गठन भएको आयोगले पीडितहरुको डगमगाएको विश्वास जित्न प्रयत्न गर्ने दावी गर्नुभयो । 

आयोगका सदस्य लिलाउदासी खनालले पिडकलाई दण्ड दिएर मात्र द्वन्द्वग्रस्त समाजलाई पुन:स्थापना गराउन नसकिने भन्दै आयोगलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न द्वन्द्वपिडित, नागारिक समाज, पत्रकार, मानवअधिकार कर्मी सबैले सहयोग गर्नुपर्ने बताउनु भएको थियो । स्थानीय शान्ति समिति बागलुङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा मानवअधिकारकर्मी, द्वन्द्वपीडित, राजनीतिक दलका नेता, पत्रकार लगायतले आयोगले गर्नुपर्ने काम कर्तव्यका विषयमा बोलेका थिए । 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment