वाखेतमा खेलमैदान निर्माण

म्याग्दी/जिल्लाको पात्लेखेत गाविसको वाखेत स्थित विद्योदय निमावीको परिसरमा स्थानीयको पहलमा खेलमैदान र मञ्च निर्माण भैरहेको छ । वाखेत घर भई हाल विभिन्न देशमा रहेका हरुको सहयोगमा घारसुन्ना लालीगुराँस युवा कल्वले खेलमैदान र मञ्च बनाउन लागेको हो । कच्चि अवस्थामा रहेको खेलमैदान सुधार गरि ढलानका लागि ग्राभेल गर्ने काम सकिएको कल्वका प्रचारप्रसार संयोजक गुन पुर्जा पुनले बताउनुभयो ।
उहाँका अनुसार बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने उक्त खेलमैदान निर्माणका लागि १२ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । खेलमैदान निर्माणका लागि बिदेशमा रहेका वाखेतबासीहरुले सहयोग गर्ने पुनले बताउनुभयो ।
यसैगरी सार्वजनिक कार्यक्रमका लागि मञ्च बनाउन बेलायतमा रहेका वाखेतबासीहरुले ६ लाख रुपैया सहयोग गर्ने भएका छन् । खेलमैदानको पोल बनाउन एक लाख २५ हजार आवश्यक पर्नेमा अमेरीकामा रहेका नरबहादुर राम्जालीले ७५ हजार रुपैया सहयोग गर्नुभएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment