जुनियर रेडक्रस सर्कल कालिका कन्या माविमा गठन

रबिना बोहरा
बागलुङ, १ असार
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङ अन्तर्गतको जुनियर रेडक्रस सर्कल कालिाका कन्या मन्दिर माविमा गठन भएको छ । कार्यक्रमले बालकृष्ण थापाको अध्यक्षतामा ११ सदस्यिय जुनियर रेडक्रस सर्कल गठन गरेको छ । 
सर्कलको उपाध्यक्षमा एलिसा थापा, सचिव अमृत बोहोरा, कोषाध्यक्ष सम्झना तामाङ, उपसचिव देउकला बोहोरा, उपकोषाध्यक्ष विश्वास छन्त्याल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अनिल गौतम, सपना थापा, चन्द्रा बुढाथोकी, अजय रुचाल, विशाल थापा रहनुभएको छ । सर्कलको संरक्षकमा सुर्दशन क“डेल, शिक्षक नायकमा फडिन्द्र आचार्य र सहयोगी शिक्षक नायकमा रिता खड्का रहनुभएको छ ।
सर्कल गठन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्यले मानविय सेवामा रेडक्रस समर्पित रहेकाले जुनियर रेडक्रसले पनि मानविय सेवा गर्नुपर्ने बताउनुभयो । आचार्यले बालबालिकाहरुलाई सानै उमेरबाट सामाजिक र मानविय सेवामा जागृत बनाउनु शिक्षक अभिभावक एवं सबैको कर्तव्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले सामाजिक सेवामा लाग्ने भावनाको विकास गर्नका लागी जिल्लाका विभिन्न विद्यालयहरुमा सर्कल गठन गर्ने कार्य गरिरहेको भन्दै दुःखको समयमा रेडक्रस आत्मीय साथी भएको बताएका थिए । 
मानविय भावना जगाउने काम रेडक्रसले गरेको भन्दै अरुलाई समस्या पर्दा रेडक्रसले सहयोग गर्ने सहभागीको भनाई थियो । रेडक्रसको जिल्ला व्यापी अभियान अनुसार मावि र उमाविमा अहिले सम्म १० वटा सर्कल गठन गरिसकेको छ । यस्तै हरेक साताको शुक्रबार गठन गरिएका सर्कल मध्य ४ वटा सर्कललाई विविध विषयमा प्रशिक्षण दिने सर्कलका जिल्ला संयोजक जिवननाथ शर्माले बताउनुभयो ।
कार्यक्रममा मधुसुजन विक, हुमा रिजा, विरबहादुर किसानले बोल्नुभएको थियो । कार्यक्रम विद्यालयका सुदर्शन कडेलको अध्यक्षता, इश्वर ठाकुर पौडेलको स्वागत मन्तव्य र जिल्ला शाखा कोषाध्यक्ष जिवननाथ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment