धौलागिरी सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा सम्पन्न

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले उपभोक्ताको हित विपरित काम गर्ने व्यवसायीलाई हदैसम्मको सजाय हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
धौलागिरी सञ्चार क्लब बागलुङले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा श्रेष्ठले उपभोक्ता मञ्चले नियमित रुपमा बजार अनुगमन गरेपनि उपभोक्ताको हित विपरित व्यवसाय गर्ने व्यापारीलाई खासै सजाय हुन नसकेको बताउनुभएको हो । उपभोक्ताले पिउने पानी देखि विद्युत, टेलिकममा समेत धेरै समस्या मात्र होइन उपभोक्ताले धेरै दुःख पाउनु परेको हुँदा त्यसमा सुधार गराउन पनि मञ्चले भूमिका खेलिरहेको उहाले बताउनुु भयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका उपाध्यक्ष गोविन्द गौतमले, नेपालको राजनीति, शिक्षा र स्वास्थ्य ३ ठाउँमा माफियाकरण हावी भएको कारण उपभोक्ता स्वयं जागरुक हुनुपर्ने बताउनुभएको । उपभोक्ताको जीवन माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन तर गलत काम गर्नेहरुको चलखेलका कारण साना व्यापारी र उपभोक्ता मारमा परिरहेको गौतमले बताउनुभयो ।
धौलागिरी सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपभोक्ता मञ्चको कामकै कारण उपभोक्तासंग बढी मुल्य लिने पेट्रोल पम्पका व्यापारी उत्तर तेलका उद्योगपतीलाई दण्ड जरिवाना गराउन सफल भई मञ्चले नगद पुरस्कार समेत पाएको केन्द्रिय सदस्य राम बहादुर के.सी.ले बताउनुभयो । मञ्चले प्रहरी प्रशासनसंग संयुक्त  बजार अनुगमन शुरु गरी अखाद्य पदार्थ जफत गरी जलाएर नष्ट गरेको समेत जानाकारी गराउनुभएको थियो । धौलागिरी सञ्चार क्लबका संयोजक राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य किरण आचार्य, संचालन सदस्य दिलिप पौडेलले गर्नुभएको थियो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment