बागलुङको खानेपानी आयोजना योवर्षपनि नसकिने

बागलुङ, जेठ २३ गते । तोकिएको समय तथा थपिएको समय समेत सकिएपनि बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा निर्माणाधिन खानेपानी आयोजना चालु आर्थिक वर्षमा सम्पन्न नहुने भएको छ । उपभोक्ता समिति र ठेकेदार कम्पनी दुवै पक्षको कमजोरीले आयोजनामा ढिलाइ भएको हो । शुक्रवार धौलागिरी सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा समितिका अध्यक्ष केवी रानाले १० प्रतिशत मात्र काम बाँकी भएपनि तत्काल
फोटो: राजेशचन्द्र राजभण्डारीको फेसबुक
सकिने सम्भावना नभएको प्रष्ट पार्नुभएको छ ।
रेश र लेखानीको भुँदी खोला र बिहुँ तथा भीमापोखरामा पर्ने डुडियाखोलाको पानी ल्याउनका लागि तीन वर्ष अघि दुइ वर्ष भित्रमा ल्याउने गरी भएको सम्झौताको म्याद सकिएपनि काम सम्पन्न हुन नसकेको हो । डुडिया खोलाको मुहान विवाद नसल्टेपछि समितिले काम दिन नसकेको भन्दै ठेकेदारले काम अलपत्र छाडेको छ भने समितिले मुहान विवादमा प्रगती गर्न सकेको छैन् । साक्षात्कारमा रानाले पानीको शुद्धता बनाउने ट्यांकीहरुमा आवश्यक सामाग्री जुटाउन नसकेकोले आएको पानी पनि शुद्ध खुवाउन नसकेको स्विकार गर्नुभयो । वर्षादको समयमा आउने भलबाढीलाइ सोझै ट्यांकीमा ल्याएको र संग्लो बनाउन नसकिएकोले धारामा धमिलो पानी आएको उहाँको भनाई छ ।  
सम्झौतामा कालीगण्डकी नदीको गिटी र बालुवाले शुद्धता बनाउने भनिएपनि ल्याव टेस्टबाट अस्विकृत भएपछि मकवानपुरबाट ल्याउने तयारी गर्दा यो बर्षादमा काम पुरा गर्न नसकी धमिलै पानीले काम चलाउनुपर्ने उहाँले बताउनुभयो । सदरमुकामदेखि अक्षेतेसम्म गएको मध्य पहाडी लोकमार्गको बाटो खन्ने कामले हाल विच्छ्याएको पाइप लाइनमा क्षति पुगेकोले केही दिनदेखि धमिलो पानीमा पनि आपूर्ति बन्द भएको उहाँले पत्रकारलाई जानकारी दिनुभयो । बोक्सेमा लोकमार्गको काम गर्दा ७ वटा टुक्रा पाइप लाइनमा क्षति पुगेको थियो ।
कार्यक्रममा समितिका प्रवन्धक हिमाल शर्मा र लेखापाल राजु केसीले पनि आयोजनाको प्राविधिक र आर्थिक पक्षको बारेमा जानकारी गराउनुभएको थियो । समितिले आगामी पुस महिनामा संस्थाको अधिवेसन गर्ने निर्णय गरेको जानकारी दिएको छ । उक्त समय सम्म आयोजना पुरा गरिसक्ने लक्ष्य राखेको रानाले बताउनुभयो । क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य प्रदिप पन्तको सञ्चालन र त्रिलोचन रिजालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment