तालिमलाई व्यवाहारमा उर्तानु पर्छ:अर्याल

बागलुङ, जेठ २८ ।
 केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य गणेश अर्यालले तालिमलाई व्यवहारमा उतार्न नसकेसम्म राज्यको लगानी खेर गैरहने बताउनु भएको छ ।
 जिल्ला सहकारी संघ लिमिटेड बागलुङले बिहीवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अर्यालले यस्तो बताउनु भएको हो । उहाले सहकारी क्षेत्रमा देखा परेका समस्या समधानको लागि केन्द्रले धेरै ठुलो लगानी गरेको भन्दै तालिम प्राप्त सहकारी कर्मीले आ—आफ्नो जिल्लाका समस्या समाधानमा भुमिका खेल्नुपर्ने बताउनु भएको थियो । अर्यालले सबै जिल्लाका जिल्ला सहकारी संघहरुले सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरुलाई तालिम दिनसक्ने क्षमताको विकास गरी शुल्क लिएर तालिम दिने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभएकोे छ । 
जिल्लाका सहकारी कर्मीलाई दिएको तालिमले संस्था र स्वयम व्यक्तीमा परेको प्रभावको बारेमा अनुगमन गर्न केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य सहित प्रशिक्षकहरुकोे टोली बिहीबार बागलुङ आईपुगेको हो । 
स्वागत कार्यक्रममा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्रशिक्षक गिरीराज ज्ञावली, आनन्द सापकोटा, डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्मा लगाएतले बोल्नुभएको थियो । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता र सचिव युत्तप्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment