ढक तराजु परीक्षण

बागलुङ,जेठ २८ । गुणस्तर तथा नाप तौल कार्यालय पोखराको डोर टोलीले बागलुङमा ढक तराजु परिक्षण कामलाई तिव्र पारेको छ ।  मंगलबारदेखि बागलुङ बजारमा खटिएको टोलीले बुधवारसम्म ३२ जना सुनचादी व्यवसायी र २ सय ३० जना अन्य व्यवसायी गरी जम्मा २ सय ६२ जना व्यवसायीको ढक तराजु परीक्षण गरेको छ ।  
डोर टोलीले उपभोक्ताको हितलाई ध्यानमा राख्दै सुनचा“दी र उद्योग क्षेत्रका तौलने सामाग्री प्रत्येक वर्ष र अन्य क्षेत्रका तौल उपकरण दुई दुई वर्षमा परीक्षण गर्दे आएको डोर प्रमुख भवन दवाडीलेब ताउनुभयो । उद्योग वाणिज्य संघ बागलुङको कार्यालयमा सुरु भएको परीक्षण काम बिहीबारसम्म सञ्चालन हुने बताइएको छ । हालसम्म परिक्षण भएका ढक तराजुमा गल्ती नभेटिएको बताइएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment