अलि छिटो जन्मिएछ



सिर्जना पन्त 
अस्ति भर्खर मात्र हो नेपालमा लोकतन्त्र आएर खुसीयाली मनाएको
निरङकुशताको जन्जीरले बाधिएका नेपालीहरु स्वतन्त्र भएकोे
तर–तर ति आत्माहरु आज फेरी रुन थालेका छन् ।
करोडौ आखाहरु बाट अश्रुधारा खसाली अनुहार धुन थालेका छन् ।

तितो करतुत फेरी पस्किन थालिएको छ
निति निर्माणमा पुगेकाहरुले निर्दोश आत्माहरुलाई बुझदैनन्
रत मिरमिरेको किरण संगै आएको उज्यालो
नेपाली आकाशमा फेरी कहालीएको छ ।

ति सेता सन्कीएका हात्तीहरुले मुलुकलाई ध्वस्त पारिरहेका छन्
रत मातृ भुमीका अङ्गहरु दिननुदिन क्ष्ँत विक्षेद भइरहेका छन्
आखिर गरिब, धृणित, तिरस्कृत आत्माका आवाजहरु
           स्वर्णीम संविधानको कल्पनामै जन्मीन्छन्, हुर्कन्छन् र मर्छन

कलियुगको कटु सत्य विचको २१ औ सताब्दीको नेपालमा
सयौ आत्माले आत्मालाई किन्छन् र बेच्छन् ।
सुनैला सपना बोकेर यता उता भौतारिदा, कसैले आबाज नसुनिदिदा
आखिर त्यो आत्मा पागल बस्तीको सदस्य भइदिन्छ

यहा हरेक व्यत्ती व्यत्ती विच दुस्मनी छ परिवारपरिवारविच दुस्मनी छ
हरेक ठाउमा दुस्मनी छ रत देशमा हल्लै हल्ला झगडै झगडा भै रहन्छ
आखिर हल्ला नचाहाने आत्माहरु
यस्ता कलीका व्यवाहारहरुलाई चुपचाप सहिरन्छन् ।
त्यसैले यो हल्लै हल्ला र झगडै झगडा भइरहेको समयमा
कहिलेकाही मेरो आत्माले भन्छ , अलि छिटो जन्मीएछ ।


Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment