चार दलले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २३ । प्रमुख चार दलले संविधानका विवादित विषयमा राय सुझाव लिन शनिबार संविधानसभामा रहेका दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष चार नेताको बैठकले सबै दलको सुझाव लिएर सहमतिको प्रस्ताव तयार पार्ने सहमति गरेका हुन् । शनिबार विहान बालुवाटारमा ९ बजे बोलाइएको बैठकको समन्वय सरकारले गर्नेछ ।
संघीयतामा चार दलबीच ६ वा ८ प्रदेशको विकल्पमाथि छलफल भइरहेको छ । माओवादीले भौगोलिक पहिचानसहितको ८ प्रदेशको प्रस्ताव अघि सारेको छ । कांग्रेस र एमालेले भने नामांकन प्रदेशसभाले गर्ने र सीमांकन आयोगले गर्ने गरी ६ प्रदेश बनाउनु पर्ने अडान लिँदै आएका छन् ।
चार दलले संविधानसभाको २५ गतेको बैठक बस्नु अघि नै सहमति गर्ने प्रतिवद्धता जनाएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा
ओलीले सहमतिका साथ संविधान बन्ने बताउनुभयो  ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment