मदन आश्रिम स्मृति दिवस मनाइयो

बागलुङ, जेठ ३ गते । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको आज २२ वर्ष पुगेको छ । २२ औं स्मृति दिवसको अवसरमा नेकपा एमाले क्षत्रीय कमिटी बागलुङ क्षेत्र नम्वर १ ले रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रमको एमाले बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले उद्घाटन गर्नुभयो । भूकम्पमा परी घाइते भएकाहरुलाई पु¥याउने गरी आयोजित रक्तदान कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र समर्थक शुभेच्छुकले रक्तदान गरेका थिए । २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमयी दुर्घटनाको अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।
दुर्घटनाका साक्षी एवम् जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाति भण्डारीले जनताको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।
यसैगरी, रामरेखा १ बाङ्गेचौरमा रहेको स्मृति पार्कलाई फरक ढङ्गले व्यवस्थापन गर्नेगरी निर्माण थालिएको छ । व्यवस्थित पार्क निर्माण कार्यको पार्टीका बैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसीले शिलन्यास गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै बैकल्पिक केन्द्रीय सदस्य केसी र गोविन्द नेपालीले स्वर्गीय मदन भण्डारीको विचार र जिवराज आश्रीतबाट संगठन निर्माणका धेरै बिषय अनुसरण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रम नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माको अध्यक्षता, पार्क निर्माण समितिका अध्यक्ष केवी राना मगरको स्वागत र पार्टी सचिवालय सदस्य भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो  ।
यसैबीच, स्मृति दिवसमा पर्वतमा भूकम्प पीडितलाई जस्ता पाता बितरण गरिएको छ । दुर्लुङ गाविसमा जन्मिएर विभिन्न पेशा व्यावसायमा संलग्न व्यक्तिहरुवाट संकलन गरिएको रकमले स्थानीय ३६ जना भुकम्प पिडित परिवारका लागि एक एक वण्डल जस्ता पाता वितरण गरिएको हो । मनसुन शुरु हुँनै लाग्दा त्रिपालले मात्र स्थानियवासीको तात्कालिक समस्या नटर्ने  भएकाले जस्तापाता खरिद गरी गाउँमै लगेर वितरण गरिएको नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो ।
सो अवसरमा नेकपा एमालेका पोलीटब्यूरो सदस्य गणेश तिमिल्सिना, जिल्ला अध्यक्ष पदम गिरी, उपाध्यक्ष भक्त कुँवर, सचिब पदमपाणी शर्मा तथा सहयोगदाता लक्ष्मण गिरी लगायतले पि
जिल्लाको दुर्लुङमा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले मदन आश्रितको बिचार र भावनलाई आत्मसाथ गरेर नेकपा एमाले अघि बढ्नुपर्ने वताउनुभएको थियो । एमाले पर्वतका जिल्ला अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भक्त कुव“रको स्वागत र पदमपाणी शर्माको संचालनमा सम्पन्न भएको थियो ।
डितहरुलाई जस्तापाता वितरण गरेका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment