एक करोडको फाउण्डेशन कोष स्थापना

सुवास कँडेल
बागलुङ, जेठ ३ गते । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) उपयोगमुखी मात्र भइरहँदा बागलुङका एक प्रवासीले बालवालिकाको लागि एक करोड रुपँैयाको कोष स्थापना गरेका छन् । जिल्लाको बिहुँ गाविसमा जन्मेर रोजगारिको शिलशिलामा जापानमा रहेका दीपक सुवेदीले
नेपालमा आएको प्राकृत्तिक विपत्ति पछि भविश्यमा समेत यस्ता जोखिम आउने भएकाले बालवालिकाका हितका लागि ‘दिप महल फाउण्डेशन’ को स्थापना गरिएको हो । उक्त कोषको रकम धौलागिरि अञ्चलका अपाँग र असहाय बालवालिकाको शिक्षा, स्वास्थ्य र अवसरका लागि खर्च गर्ने सुवेदीले बताउनुभयो ।
‘धेरै नेपाली स्वदेशमा दुःख पाएर विदेशिएका छन्’, सुवेदीले भन्नुभयो, ‘यहाँ रहनेहरु पनि विभिन्न पिडामा छन् । उनिहरुको पिडामा मलम लगाउन यो कोष सहयोगी बन्नेछ ।’ उक्त कोषमा सुवेदी एक्लैले करोड जम्मा गर्ने बताएका छन् ।  ‘व्यक्तिगत रुपमा धेरै क्षेत्रमा सहयोग गरियो’, उहाँले भन्नुभयो, ‘व्यक्तिगत भन्दा संस्थागत रुपमा सहयोग गर्दा दिर्घकालिन हुने भएकाले फाउन्डेशनको स्थापना गर्ने सोच आएको हो ।’ उहाले उक्त फाउण्डेशनलाई वैधानिक रुपमा संचालन गर्नका लागि छुट्टै स्वायत्त समिति गठन गरिने जानकारी दिनुभयो ।
लामो सयमदेखी जापानमा बस्दै आएका सुवेदीले जापानका विभिन्न शहरमा होटल व्यवसाय संचालन गर्दै आउनुभएको छ । उहाले यस अघि आफ्नो जन्मस्थान गाउँमा सडक र शिक्षाको क्षेत्रमा लाखाँै रुपैँया सहयोग गर्नुभयो । एक हजार आठ स्वामी दुर्गानन्दले उक्त कोषको घोषणा गर्नुभयो । 
‘रोजगारिको लागि हामि भौतिक रुपमा नेपाल रहन सकेनौँ’, सुवेदीले भन्नुभयो, ‘हामि नेपाली भएका नाताले गाउँ र देशको विकासमा सहयोग गर्न अनिवार्य छ ।’ उहाँकै सक्रियतामा जापानमा गठन गरिएको करलिम समाज जापानले भूकम्प पिडितका लागि जापानमा करिब एक करोड रुपँैया संकलन गरी पिडितहरुलाई वितरण गरिएको हो । ‘प्राकृत्तिक विपत्ति सबैलाई पर्न सक्छ’, राहत संकलन समितिका संयोजक डिपि कँडेलले भन्नुभयो, ‘यो विपत्तिमा सहयोग गर्नका लागि हामि उक्त रकम र सामग्री लिएर यहाँ आएका हौँ ।’ उनीहरुले उक्त रकमको सहयोग सिन्धुपाल्चोकका भूकम्प पिडितलाई प्रदान गरेका छन् ।
प्रवासीहरुले आफ्नो ठाउँमा विकास र सिर्जनशिल काममा लगानी गर्नु प्रशंसनिय काम भएको उधोग वाणिज्य संघका सदस्य नरेश कँडेलले बताउनुभयो । उहाँले रेमिट्यान्सलाई सिर्जनशिल काममा खर्च गरी समाजसेवामा समेत प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । ‘आफ्नो टोलदेखि देशभरीकै विकासमा प्रवासीले सहयोग गर्न पर्छ’, कँडेलले भन्नुभयो, ‘प्रवासीहरुमा सामाजिक भावनाको विकास हुनु राम्रो काम हो ।’
त्रिपुरेश्वर महादेव रामकोट मन्दिरमा संकल्प गर्दै उक्त कोषको घोषणा गरेका हुन् ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment