राजधानी जाने यात्रु भएनन्

बागलुङ, जेठ ३ गते । महाभूकम्प र त्यसपछि गत वैशाख २९ गते गएको शक्तिशाली पराकम्पन पछि बागलुङबाट राजधानी जानेको संख्यामा उल्लेख्य कमी आएको छ । बागलुङ सदरमुकामबाट दैनिक रुपमा ७ वटा बस र ८ वटा माइक्रोबसमा खचाखच यात्रु जाने गरेकोमा भूकम्प पछि अहिले छिटफुट रुपमा यात्रु जाने गरेको धौलागिरी अञ्चल वस व्यवसायी सञ्चालक समितिले जनाएको छ ।
भूकम्प गएपछि राजधानी उपत्यकाबाट बाहिरिएका सर्वसाधारण त्रास कायमै रहेकाले नफर्किदा सिमित यात्रु र सवारी साधन लिएर राजधानी जान बाध्य भएका छन् । पुरानो जिविस चोक स्थित माइक्रो काउण्टरबाट दैनिक ८ वटा माइक्रोवस १५ जना यात्रुका साथ भरिभराउन जाने गरेकोमा अहिले ७/८ जना मात्र यात्रृु लिएर जाने गरेको काउण्टरका राजेन्द्र पौडेलले वताउनुभयो ।
चिप्लेटी स्थित बसपार्कबाट विहान ४ र साझ ३ गरी ७ वटा वस जाने गरेकोमा मुस्किलले ४ वटा बसमा २/३ जना मात्र यात्रु जाने गरेको बस काउण्टरका राजीव थापाले वताउनुभयो । गत वैशाख १२ गतेको भूकम्पपछि सामान्य बन्दै चहल पहल शुरु हुँदै थियो, थापाले भन्नुभयो, फेरी २९ गतेको ठुलो पराकम्पन पछि यात्रु संशकित देखिएाक छन । भूकम्पपछि वैशाख १२-३१ गते सम्
म एक लाख ३४ हजार २ सय १७ सवारी साधनबाट १४ लाख ४८ हजार सर्वसाधारण बाहिरिएका थिए । धौलागिरीमा मात्र करिब १० हजार मानिस भित्रिएका थिए ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment