हातमा कुँचो बोकेर सरसफाइमा लागे हमाल

नायक राजेश हमाल सरसफाई अभियानमा लागेका छन् । विनाशकारी भूकम्पले गर्दा महामरी फैलने भन्दै अहिले सरसफाइमा विशेष जोड पनि दिइएको छ । आम जनतालाई यही कुरामा सजगता अपनाउन आग्रह गर्दै हमाल आफै सरसफाइमा लागेका हुन् ।
उनले फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेका छन्-‘धेरै कुरामा अरुको भर पर्नु पर्ला, तर सरसफाई हाम्रो जिम्मेवारी र कर्तव्य हो ।’ कोशिश हेल्थकेयर फाउण्डेशनले आयोजना गरेको सरसफाई कार्यक्रममा हमाल पनि  पुगेका हुन् ।
उनले कुँचो लिएर सरसफाई गर्दै गरेको तस्बिर सामाजिक संजालमा पोष्ट गरेका छन् । भूकम्प गएको दुई सातापछि यूरोपबाट नेपाल आएका हमाल केही दिन राहात वितरणमा पनि देखिए । अहिले उनी जनतालाई सफाइमा ध्यान दिदै चेतना फैलाउन लागेका छन् ।
- अनलाइनखवरबाट
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment