महिला नेतृ श्रेष्ठको निधन

बागलुङ/नेपाली कांग्रेस निकट नेपाल महिला संघका केन्द्रीय सदस्य शहनशिला श्रेष्ठको बुधबार राती निधन भएको छ । बागलुङमा लामो समयदेखि राजनीति तथा सामाजिक काममा सक्रिय श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । श्रेष्ठलाई बुधवार अपहन्न आफ्नै घरमा अचानक मुटुको समस्या देखिएपछि उपचारका लागि धौलागिरी अञ्चल अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचार सम्भव नदेखिएपछि राती नै मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा राती करिव १२ बजे श्रेष्ठको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । दिवंगत श्रेष्ठ नेपाली कांग्रेस बागलुङका आमन्त्रीत सदस्य, नेपाल महिला संघका केन्द्रीय सदस्य, निवर्तमान अध्यक्ष हदै पार्टीमा सक्रिय रहनुभएको थियो ।
महिला अधिकार र सामाजिक क्षेत्रमा समेत क्रियाशिल श्रेष्ठ बागलुङ जेसिजका पुर्व अध्यक्ष, परिवार नियोजन संघ केन्द्रीय सदस्य, निवर्तमान अध्यक्षसंगै बिभीन्न सामाजिक एबं धार्मिक संघसंस्था र महिला अधिकारको क्षेत्रमा क्रियासिल रहनुभएको थियो ।
श्रेष्ठको बिहीबार कालीगण्डकी निणर्यघाटमा अन्त्यष्टी गरीएको छ । श्रेष्ठको शबमा नेपाली कांग्रेस बागलुङका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्याय, पुर्व सभापति गोबिन्दप्रसाद कडेल, हरिप्रसाद श्रेष्ठ, मणिभद्र शर्मा क“डेल, क्षेत्रीय सभापति होमबहादुर हमालले
संयुक्त रुपमा पार्टीको झण्डा र नेपाल महिला संघका केन्द्रीय सदस्य हिरादेबी शर्मा, जिल्ला सभापति सकुन्तला शर्माले नेपाल महिला संघ झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । २००४ साल भदौ १४ गते जन्मनुभएका बागलुङ नगरपालिका निवासी श्रेष्ठ अविवाहित हुनुहन्थ्यो ।

Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment