साइवर अपराध आरोपमा पक्राउ परेका काठमाण्डौ

बागलुङ, जेठ ३ गते । बिद्युतीय उपकरणको दुरुपयोग गर्दै साइवर अपराध गरेको आरोपमा बागलुङमा पक्राउ परेका एक युवालाई काठमाण्डौ पठाइएको छ । डेढ महिनाको खोजीपछि गत शुक्रवार पक्राउ परेका तित्याङ– १ का प्रदिप खड्कालाई थप अनुसन्धानका लागि केन्द्रीय अपराध महाशाखामा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अनुसन्धानका लागि नियन्त्रणमा लिएका अर्का एक युवालाई भने उक्त कार्यमा संलनता नदेखिएकाले छोडिएको छ ।
दुई महिनाअघि केही युवतीको फेसबुक र इमेल ह्याक गरेर अश्लिल भिडियो पठाउने तथा बैंकको खाता माग गर्ने अन्य व्यक्तिको पासवर्ड माग्ने लगायतको काम गर्दै नगद ठगी समेत गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो दुरसञ्चारका बिभिन्न अनुसन्धानबाट अपराध गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । ‘केन्द्रीय अनुसन्धान बिभागकै सहयोग लिएर उनीहरुलाई उजुरीको डेढ महिनामा पक्राउ गर्न सफल भयौ ।’ बस्नेतले भन्नुभयो, ‘सर्वसाधारणको नागरिकता प्रयोग गरेर लिएका एनसेलका सिमकार्डमार्फत खड्काले अपराध र अवैध कमाई समेत गर्दै आएका थिए ।’
साइबर अपराधमा रहेका अन्य केही युवाहरुको पनि खोजीकार्य जारी रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनुभयो । पहिलो चरणमा नागरिकतावालालाई अनुसन्धान गर्दा उनीहरुलाई समेत थाहा नहुने गरी नागरिकता प्रयोगमा ल्याएको बुझिएको छ । पक्राउ परेका खड्कालाई साइबर क्राइम बमोजिम सजाय हुने प्रहरीले जनाएको छ ।
बिद्युतीय उपकरण तथा सामाजिक सञ्जालमार्फत अर्काको सामग्रीलाई आफ्नो कब्जामा लिने तथा ब्ल्याकमेलिङ समेत गरेर नाजायत फाइदा कमनाउने काम गर्ने अपराधलाई साइबर अपराध भन्ने गरिएको छ ।
Share on Google Plus
    Leave Your Comment
    Facebook Comment

0 comments :

Post a Comment